साउनदेखि कुहिने र नकुहिने नछुट्याए काठमाडौं महानगरले फोहोर नउठाउने

उपत्यकामा फोहोरको समस्या विकराल बन्दै गएसँगै काठमाडौं महानगरपालिकाले अबदेखि कुहिने र नकुहिने फोहोर नछुट्याए फोहोर नै नउठाउने भएको छ । महानगरपालिकाले १ साउनदेखि फोहोर नछुट्याए फोहोर नै नउठाउने र पाँच सय रुपैयाँसम्मको जरिवाना गर्ने चेतावनी दिएको छ ।