भारतीय चिकित्सकहरूले कोभिडको नयाँ भेरिएन्टका कारण मानिसको शरीरका अंग कुहिने र कान नसुन्ने समस्या देखिएको बताएका छन् ।
भाइरसका पुराना भेरिएन्टले यो समस्या नल्याएको उनीहरूको भनाइ छ ।
भारतमा बी१६१७.२ वा डेल्टा भेरिएन्टका कारण लाखौं मानिस संक्रमित भएका थिए र अस्पताल भरिभराउ भएका थिए ।
यो भेरिएन्ट अहिलेसम्मकै सबभन्दा संक्रामक भएको र यो निकै खतरनाक पनि भएको स्वास्थ्यकर्मीहरूको भनाइ छ ।
कोभिडको लक्षणका साथै रोगीहरूमा कान नसुन्ने अनि रगत डल्लो परेर ग्यांग्रिन अर्थात् अंग कुहिएर फाल्नुपर्ने स्थिति समे...