खोटाङ - काठ व्यवसायीले खोटाङबाट वन पैदावार वस्तु निकासीका क्रममा दोहोरो राजस्व तिर्नुपरेको गुनासो गरेका छन् ।
खयरको काठ निकासीका क्रममा करदाता सेवा कार्यालय, डिभिजन वन कार्यालय र सम्बन्धित पालिकालाई छुट्टाछुट्टै राजस्व तिर्नुपरेको गुनासो गरेका हुन् । हलेसी तुवाचुङ नगरपालिकाह–१ बाहुनीडाँडाबाट खयरको काठ निकासीका क्रममा दोहोरो कर तिर्नु परेको सुमात्रिका सप्लायर्सका सुवास राईले बताउनुभयो ।
सुमात्रिका सप्लायर्सलाई डिभिजन वन कार्यालयले निजी नम्बरी आवादीको काठ १० दिनभित्र घुर्मी कटारी हुँदै हिमालयन कत्था ...