काठमाडौं । सरकारले आगामी मंसिर ४ गतेका लागि आम निर्वाचनको घोषणा गरेसँगै मुलुक अब निर्वाचनमा होमिएको छ । मन्त्रिपरिषदको बिहिबारको बैठकले मंसिर ४ गते आम निर्वाचन गर्ने निर्णय गरेको हो । लोकतन्त्रको सबैभन्दा महत्वपूर्ण पक्ष भनेकै आवधिक निर्वाचन हो । सरकारले संघीय संसद, प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन एकै चरणमा गर्ने निर्णय गरेको हो […]