भक्तपुर : नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पूर्ण समानुपातिक निर्वाचन प्रणालीमा जानुपर्ने बताएका छन्।माओवादी केन्द्र भक्तपुरको बिस्तारित बैठकलाई शुक्रवार सम्बोधन गर्दै दाहालले गरिबले निर्वाचनमा भाग लिन नसक्ने अवस्था आएकाले मुलुक पूर्ण समानुपातिक निर्वाचन प्रणालीमा जानुपर्ने बताएका हुन्। उनले शासकीय स्वरुप र संविधान संशोधनका विषयमा पनि बहसमा लैजानुपर्नेमा जोड दिए। ‘मुलुक अब पूर्ण समानुपातिक निर्वाचनमा जानुपर्छ।हामी शासकीय स्वरुप र संविधान संशो