पराल बोकेका तीन वटा भारतीय गाडी पूर्व पश्चिम राजमार्गको मध्यभागमा पर्ने नवलपरासीको दाउन्नेमा बिग्रिँदा झण्डै ३० घण्टादेखि राजमार्गमा गाडीको जाम लागेको छ । लुम्बिनी प्रदेश ट्राफिक प्रहरी कार्यालय, बुटवलका डिएसपी डिल्ली नारायण पाण्डेले सडकमा गाडीको जाम भए पनि ‘वान वे’ रुपमा सडक सुचारु रहेको जानकारी दिए ।
पाण्डेले लोकान्तरसँग भने, ‘सडक बिग्रिएको हुुँदा वान वे चल्दा पनि जाम हटेको छैन । गाडी मर्मत गरेर दुुवैतर्फी बाटो सञ्चालन गर्ने प्रयास जारी छ । गाडीको चाप बढी भएकोले बाटो एकतर्फी हुँदा जाम पू...