काठमाडौं : जनता समाजवादी पार्टी (जसपा), नेपालको केन्द्रीय समिति बैठक सुरू भएको छ। काठमाडौंमा आइतवारदेखि सुरू भएको बैठकमा आसन्न स्थानीय निर्वाचनमा पार्टीको सहभागिताबारे छलफल हुने जनाइएको छ।प्रचार विभाग प्रमुख डम्बर खतिवडाका अनुसार बैठकमा स्थानीय निर्वाचन निर्देशिका प्रस्तुत गरिने र त्यसलाई छलफल गरेर पारित गर्ने बताए। उनले बैठकमा पार्टीका आन्तरिक संगठनात्मक कुराहरूबारे पनि छलफल हुने बताए।‘आजको बैठकमा केही स्पेसीफिक एजेण्डाहरुमा आधारित भएर छलफल गर्नेछौँ। यो बैठक भोलिसम्म चल्नेछ‚’