माओवादी केन्द्रको केन्द्रीय समितिको बैठक स्थगित

२० जेठ, काठमाडौं । नेकपा माओवादी केन्द्रको शुक्रबार बस्ने भनिएको केन्द्रीय समितिको बैठक स्थगित भएको छ । केन्द्रीय कार्यालयका सचिव श्रीराम ढकालले बैठक अनिनिश्चित कालका लागि स्थगित भएको बताए । ‘आजको केन्द्रीय समितिको बैठक नहुने भयो,’ ढकालले अनलाइनखबरसँग भने, ‘एकै चोटी असार १५ गते बस्न पनि सक्छ । बीचमा भर्चुअल हुन पनि सक्छ ।’ स्थानीय […]

सम्बन्धित सामग्री

माओवादी केन्द्रको बैठक आज

नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)को केन्द्रीय समितिको बैठक बुधबार पनि स्थगित भएको छ । अर्को बैठक बिहीबारका लागि तय गरिएको छ । पदाधिकारी, स्थायी र पोलिटब्युरो सदस्य चयनका लागि गृहकार्य गर्ने भनेर मङ्गलबार स्थगित गरिएको बैठक बुधबार संसद्मा सहभागी हुनुपर्ने भन्दै स्थगित भएको हो ।

माओवादी केन्द्रको केन्द्रीय समिति बैठक स्थगित

काठमाडौं : नेकपा (माओवादी केन्द्र) को केन्द्रीय समिति बैठक स्थगित भएको छ। नेताहरु संसद बैठकमा व्यस्त हुने भएपछि बैठक स्थगित गरिएको अध्यक्ष प्रचण्डका स्वकीय सचिव रमेश मल्लले जानकारी दिए।‘शीर्ष नेतृत्वको टिम संसद बैठकमा सहभागी बन्नुपर्ने भएकाले आज १ बजे निर्धारण गरिएको केन्द्रीय समितिको बैठक बिहीबार (भोलि) विहान ११ बजे बस्ने भएको छ’, उनले सामाजिक सञ्जालमा लेखेका छन्। आइतबारदेखि सुरु भएको केन्द्रीय समिति बैठक मंगलबार पदाधिकारी चयनको अनौपचारिक छलफलका लागि भन्दै स्थगित

माओवादी केन्द्रको आजको बैठक स्थगित

काठमाडौं, २२ असार । नेकपा (माओवादी केन्द्र) केन्द्रीय समितिको बैठक सरेको छ । माओवादीको केन्द्रीय समितिको बैठक बुधबार दिउँसो १ बजेका लागि बोलाइएको थियो । तर, संसद बैठक बस्ने भएकाले बिहीबार बिहान ११ बजे बस्ने गरी सारिएको पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’का स्वकीय सचिव रमेश मल्लले जानकारी दिए ।

माओवादी केन्द्रको केन्द्रीय समिति बैठक सुरु

नेकपा (माओवादी केन्द्र)को केन्द्रीय समिति बैठक सुरु भएको छ। आठौँ महाधिवेशन सम्पन्न गरेपछि एकपटक बसी स्थगित पहिलो पूर्ण केन्द्रीय समितिको बैठक राष्ट्रिय सभागृहमा सुरु भएको हो। एमसिसी सम्झौता संसदबाट अनुमोदनपछि माओवादी...

माओवादी केन्द्रको केन्द्रीय समिति बैठक स्थगित

काठमाडौँ– कोरोना भाइरस सङ्क्रमण तीव्र बनेपछि नेकपा (माओवादी केन्द्र)को केन्द्रीय समिति बैठक स्थगित भएको छ। गत महिना आठौँ राष्ट्रिय महाधिवेशन सम्पन्न गरेको माओवादी केन्द्रले पदाधिकारीको टुङ्गो लगाउन शनिबारका लागि बैठक बोलाएको थियो। मुलुकभर कोरोना भाइरस सङ्क्रमण बढेका कारण शनिबारका लागि बोलाइएको केन्द्रीय समितिको बैठक स्थगन भएको पार्टी केन्द्रीय कार्यालयका मुख्यसचिव श्रीराम ढकालले जानकारी दिए। कोरोना […]