प्रज्ञा भवनमा माओवादी केन्द्रीय समितिको बैठक बस्ने

काठमाडौँ । नेकपा माओवादी केन्द्रको केन्द्रीय समितिको बैठक प्रज्ञा भवन कमलादीमा बस्ने भएको छ । बैठक भोलिलाई बोलाइएको हो । केन्द्रीय समितिको बैठक बिहान ११ बजे प्रज्ञा भवन कमलादीमा बस्ने भएको हो । दुई दिनसम्म चल्ने बैठकमा केन्द्रीय समितिलाई पूर्णता, पदाधिकारी चयनका साथै स्थानीय तह निर्वाचन, एमसीसी परियोजना लगायतका विषयमा छलफल हुने बताइएको छ ।

सम्बन्धित सामग्री

माओवादी केन्द्रीय समितिको भर्चुअल बैठक बस्दै

काठमाडौं- नेकपा (माओवादी केन्द्र) केन्द्रीय समितिको भर्चुअल बैठक सुरु भएको छ । स्थायी कमिटी बैठकले २२ सदसीय पदाधिकारीको टुंगो लगाएलगत्तै माओवादी केन्द्रीय समितिको बैठक सुरु भएको हो । भर्चुअल माध्यमबाट हुने सो केन्द्रीय समिति बैठकका लागि केन्द्रीय सदस्यलाई जुम आइडी दिइएको थियो ।  सुरुमा अध्यक्ष पुष्पकमल दाहाल ...

माओवादी केन्द्रीय समितिको बैठक स्थगन

नेकपा (माओवादी केन्द्र)को केन्द्रीय समिति बैठक भोलिसम्मका लागि स्थगन भएको छ । पार्टी अध्यक्षसहित शीर्षनेता संसद् बैठकमा सहभागी हुनुपर्ने भएपछि आजका लागि तोकिएको बैठक बिहीबारसम्मका लागि स्थगन भएको अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’का स्वकीय सचिव रमेश मल्लले जानकारी दिनुभयो । बैठक आज १ बजे बस्ने तय भएको थियो । अर्को बैठक बिहीबार बिहान ११ बजे कमलादीस्थित […]

माओवादी केन्द्रीय समितिको बैठक असार १५ गते बस्ने

नेकपा (माओवादी केन्द्र) को केन्द्रीय कार्य समितिको बैठक असार १५ गते बस्दैछ । माओवादी केन्द्रीय कार्यालयका मुख्य सचिव श्रीराम ढकालले काठमाडौंमा बस्ने सो बैठकमा मुख्यगरी पार्टी संगठन, कार्यविभाजनका विषयमा छलफल हुने बताइएको छ ।

माओवादी केन्द्रीय समितिको बैठक दिउँसो २ बजे बस्दै

माओवादी केन्द्रीय समितिको बैठक दिउँसो २ बजे बस्दै काठमाडौं, फागुन २२ गते । सत्ता साझेदार दल नेकपा (माओवादी केन्द्र) को केन्द्रीय समितिको बैठक आइतबार दिउँसो २ बजे बस्दैछ ।

माओवादी केन्द्रीय समितिको बैठक बस्दै

काठमाडौं, फागुन २२ । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) को केन्द्रीय समितिको बैठक आज पनि बस्दैछ । आजको बैठक पदाधिकारी चयनलगायतका बिषयमा छलफल हुने जनाईएको छ । यसअघि शुक्रबार केन्द्रीय समितिको बैठक बसकेको थियो । आजको बैठकले केन्द्रीय समितिलाई पूर्णता दिने तयारी गरेको छ।

माओवादी केन्द्रीय समितिको बैठक दिउँसो १ बजे सारियाे

सत्ता साझेदार दल नेकपा (माओवादी केन्द्र) को केन्द्रीय कार्यसमितिको बिहान ११ बजे तय भएको बैठक दिउँसो १ बजे सरेको केन्द्रीय कार्यालयले जनाएको छ । माओवादीको पदाधिकारी एवम् कार्य समितिलाई पूर्णता दिइने, कार्यविभाजन, भावी कार्ययोजना लगायत संसदबाट अनुमोदन भइसकेको अमेरिकी आर्थिक सहायता मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) बारे पनि थप छलफल हुने पार्टी केन्द्रीय कार्यालय सचिव डोरप्रसाद उपाध्यायले बताउनुभयो ।

माओवादी केन्द्रीय समितिको बैठक बस्दै, यस्ता छन् एजेण्डा

काठमाडौं, फागुन २० । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) को केन्द्रीय समितिको बैठक आज बस्न लागेको छ । अहिले बिहान ११ बजेदेखि राष्ट्रिय सभा गृहमा सुरु हुने बैठकमा साङ्गठनिक एवं समसामयिक राजनीतिका विषयमा छलफल हुने जनाइएको छ । आजको बैठकले पुसमा सम्पन्न महाधिवेशनले तय गरेको भावी कार्यदिशाबारेसमेत कार्यनीति तय गर्ने जनाइएको छ ।अमेरिकी आर्थिक सहायता […]

माओवादी केन्द्रीय समितिको बैठक स्थगित

सत्ता साझेदार दल नेकपा (माओवादी केन्द्र) को माघ २८ र २९ गते काठमाडौंमा बस्ने भनिएको केन्द्रीय समितिको बैठक स्थगित भएको छ। कोरोना संक्रमणको जोखिम कायमै रहेको भन्दै माओवादीले केन्द्रीय समिति बैठक स्थगित गरेको हो। पार्टी केन्द्रीय कार्यालयका सचिव डोरप्रसाद उपाध्यायका अनुसार सरकारले फागुन १ गतेसम्म २५ जनाभन्दा बढी भेला हुन प्रतिबन्ध लगाएकाले बैठक स्थगित भएको हो।

माघ २७ गते माओवादी केन्द्रीय समितिको बैठक

सत्ता साझेदार नेकपा (माओवादी केन्द्र)को केन्द्रीय समितिको बैठक माघ २७ गते बस्ने भएको छ । माओवादी केन्द्रीय कार्यालयका मुख्य सचिव श्रीराम ढकालका अनुसार कोभिड–१९ महामारीका कारण माघ ८ गते तय भएको बैठक सरेको हो । महामारी मत्थर भएपछि मात्र बैठक बस्नेगरी माघ २७ गतेका लागि बोलाइएको उहाँको भनाइ छ।