जनता समाजवादी पार्टी नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठकले फागुन २९ र ३० गते केन्द्रीय समितिको बैठक बोलाउने निर्णय गरेको छ । तीन दिनदेखि जारी बैठकले सो निर्णय गरेको कार्यकारिणी सदस्य राजकिशोर यादवले बताए । केन्द्रीय समितिको बैठक बस्नुअघि फागुन २८ गते जसपा संघीय परिषद्को बैठक बस्नेछ ।विधान संशोधनका लागि असार १ र २ गते विधान अधिवेशन गर्ने निर्णय पनि बैठकले गरेको उनले बताए । स्थानीय तहको निर्वाचन निर्देशिका समिति पनि गठन गरेको छ । सो समितिमा कार्यकारिणी सदस्यहरू हिसिला यमी, मनिष स