धेरै पातलो कपाल भएका मानिसहरूलाई कुनै पनि प्रकारको हेयरस्टाइल बनाउन समस्या हुन्छ । पातलो कपाललाई बेस्सरी बाँध्दा टाउकोको छाला नै देखिन्छ । यदि तपाईं पनि आफ्नो पातलो कपालबाट हैरान हुनुहुन्छ भने यसको उपचार सम्भव छ भन्ने पनि बुझ्नुहोस् । कपाललाई घना र मोटो बनाउनका लागि तपाईं प्याज प्रयोग गर्न सक्नुहुन्छ । प्याजका थुप्रै फाइदा छन् जसमध्ये एक हो कपाललाई बाक्लो बनाउनु । प्याजमा एन्टिमाइक्रोबियल र एन्टिइन्फ्लेमेटरी गुण हुन्छन् । यो लेखमा कपाललाई बाक्लो बनाउनका लागि प्याज कसरी प्रयोग गर्ने भन्ने त