हेटौंडा उपमहानगरपालिकामा सत्तारुढ गठबन्धनका तर्फबाट मेयर र उपमेयरका उम्मेदवारले सोमबार उम्मेदवारी मनोनयनपत्र दर्ता गराएका छन् । उपमहानगरको मेयरमा गठबन्धनका तर्फबाट नेकपा एकीकृत समाजवादीकी मीनाकुमारी लामाले उम्मेदवारी दिएकी छन् ।यस्तै, उपमेयरमा नेपाली काँग्रेसका राजेश बानियाँले उम्मेदवारी दिएका छन् । उनीहरु दुवैले मनोनयनपत्र दर्ता गराइसकेका छन् । मेयरमा उम्मेदवार दिएकी लामा २०७४ सालको निर्वाचनमा एमालेबाट हेटौंडाको उपमेयरमा निर्वाचित भएकी थिइन् ।पार्टी विभाजनपछि उनले नेकपा एकीकृत समाजवादी रोजेकी ह