गण्डकी प्रदेशका भौतिक पूर्वाधार, शहरी विकास तथा यातायात व्यवस्था मन्त्री कुमार खड्का नेपाली कांग्रेस गण्डकीको महामन्त्रीमा पराजित भएका छन्। पार्टी संस्थापन पक्ष अर्थात सभापति पदका उम्मेदवार अर्जुनप्रसाद जोशीको प्यानलबाट प्रदेशको महामन्त्रीमा चुनाव लडेका खड्का पराजित भएका हुन्।