पर्वत : मन्त्रालय बाँडफाँड तथा जिम्मेवारीको कुरा नमिलेका कारण अलमलको अवस्थामा रहेको गण्डकी प्रदेश मन्त्रिपरिषद् विस्तार कार्य चार वटा मन्त्रालयबाट सुरु हुने भएको छ।गठबन्धनमा सहकार्य गरेर सरकारको मुख्यमन्त्रीमा कांग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपाली पोखरेल चुनिए।यस्तै, दलगत प्रतिनिधिको रूपमा कांग्रेसबाट कुमार खड्का, माओवादीबाट प्रतिनिधित्व गरेकी मधुमाया अधिकारी, जनता समाजवादीबाट हरिशरण आचार्य र स्वतन्त्र सांसद दीपक मनाङे मन्त्री बने पनि १७ दिनसम्म उनीहरू जिम्मेवारविहीन अवस्थामा राखियो