गण्डकी प्रदेश : सांसदका रुपमा एक कार्यकाल बिताएर पनि जसले टिकट पाएनन्

 गण्डकी प्रदेशसभा सदस्यका रुपमा एक कार्यकाल बिताएका केहीले आसन्न निर्वाचनमा उम्मेदवार बन्न पाएनन् । उम्मेदवार बन्ने आकांक्षा राख्दाराख्दै विविध कारणले उनीहरु चुनावी मैदानमा उत्रिन वञ्चित भएका हुन् । नेकपा एमालेका गण्डकी सचिव धनन्जय दवाडी, नेपाली कांग्रेसका नेता कुमार खड्का, माओवादी केन्द्रकी केन्द्रीय सदस्य आशा कोइराला र नेपाल समाजवादी पार्टी (अहिले आफूलाई स्वतन्त्र भन्ने) हरिशरण आचार्य आसन्न निर्वाचनमा उम्मेदवार बन्न पाएनन् ।धनन्जय दवाडी०७४ सालको निर्वाचनमा लमजुङ प्रदेशसभा ‘क’