दैलेख : प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचन आउन ९ दिन बाँकी छ। ‘आम’ निर्वाचनको मिति नजिकिएसँगै राजनीतिक दलहरू अहिले मतदाता फकाउन गाउँ अभियानमा केन्द्रित छन्।निर्वाचन आफ्नो पक्षमा पार्न मतदाता भेटघाट अभियानलाई तीव्रता दिएका दैलेखका राजनीतिक दलहरूले योपटक भने प्रदेशसभा सदस्यमा नयाँ अनुहारलाई अघि सारेका छन्। २ प्रतिनिधिसभा र ४ प्रदेशसभा निर्वाचन क्षेत्र रहेको दैलेखमा एमाले, कांग्रेस, माओवादी र स्वतन्त्रबाट प्रदेश सभा सदस्यमा नयाँ अनुहार निर्वाचनमा होमिएका हुन्।दुईवटा स्थानीय तह रहेको दै