चुनावको प्रतिस्पर्धामा उत्रिएका ‘हस्ती’ नेताका कारण बर्दिया पनि चुनावमय भएको छ । मैदानमा पुरानै अनुहार भएकाले मतदातालाई नयाँपनको महसुस भएको छैन।
पहिलो संविधानसभादेखि अहिलेसम्म वाम गठबन्धका उम्मेदवार र कांग्रेसका उम्मेदवार पुरानै छन् । दुईवटा प्रतिनिधिसभा र चारवटा प्रदेश सभा रहेको जिल्लामा २०६४,२०७० संविधानका सभामा एमालेका उपाध्यक्ष वामदेव गौतम, सञ्जय गौतम, सन्तकुमार थारू र गोपाल दहित उम्मेदवार थिए।