धनुषा - मधेस प्रदेशमा ४१ जना नयाँ अनुहारले जित हात पारेका छन् । ६४ वटा सिट रहेको मधेस प्रदेशमा दोहोरिने सदस्यहरुको सङ्ख्या निकै घटेको छ । निर्वाचन आयोगका तथ्याङ्क अनुसार २३ जना सदस्य मात्रै दोहाेरिएका छन् ।
मधेस प्रदेश सभामा ३ मन्त्री, १ राज्यमन्त्री र ३ पूर्वमन्त्रीसहित ७ जना मन्त्रीहरू पराजित भएका छन् । पुरानातर्फ ५३ जनाले उम्मेदवारी दिएकोमा २३ जना मात्रै दोहोरिएका छन् भने ४१ जना नयाँ अनुहारले अवसर पाएका छन् । पुराना सदस्य घटनुको पछाडि तिनीहरुको कार्यशैली प्रमुख कारण रहेको राजनीतिक विश्लेषक शम्भुनाथ झाले बताउनुभयो ।...