काठमाडौं : कोरोना संक्रमणको जोखिमका कारण साढे ४ महिनादेखि बन्द रहेको पशुपतिनाथको मूल मन्दिर आजदेखि खुल्ला गरिएको छ। पशुपति क्षेत्र विकास कोषको आयोजनामा बिहीबार क्षमापूजा गरेपछि शुक्रबार बिहान साढे ५ बजेदेखि भक्तजनका लागि मन्दिर खुल्ला गरिएको हो।अहिले कोरोना जोखिम कम भए पनि पूर्णरुपमा हटिनसकेकाले दिउँसो १ बजेसम्म मात्रै मन्दिर खुल्ला गरिने कोषका कार्यकारी निर्देशक डाक्टर घनश्याम खतिवडाले जानकारी दिए।नयाँ भेरियन्टसहितको कोरोना सङ्क्रमण तीव्र भएपछि गत वैशाख १० गतेदेखि पशुपतिनाथ मूल मन्दिर भक्तजनका