दाङ : हातले टेकेर यसअघि विश्व रेकर्ड (गिनिज बुक) मा नाम लेखाउन सफल दाङ तुलसीपुर–३ रानागाउँका ऋषि परियारले शनिबारदेखि नयाँ अभियानको सुरुवात गरेका छन्।पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म उल्टो हिँडेर पैदल यात्राको अभियान सुरु गरेका छन्। उनले पूर्व मेचीको पुलबाट यात्रा सुरु गरेका हुन्। प्रदेश सांसद झलकसिंह दर्लामी, मेची नगरपालिका–६ का वडाध्यक्ष ललित तामाङलगायतले एक कार्यक्रमकाबीच यात्रा शुभारम्भ गरेको छन्।स्वास्थ्यका लागि मेची– महाकाली उल्टो पैदल यात्रा’ नाराका साथ यो अभियान स