प्रदेश १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले प्रदेश १ को नामकरणको विषय टुंग्याउनका लागि एमाले संसदीय दलका नेताकै नेतृत्वमा संयन्त्र निर्माण गर्न प्रस्ताव गरेका छन् । विराटनगरमा आज आयोजित सञ्चारकर्मीहरुसँगको अन्तरक्रिया तथा सम्मान कार्यक्रममा राईले एमाले ठूलो दल भएका कारण उसैको नेतृत्वमा संयन्त्र बनाएर सहमतिको प्रयास गर्न प्रस्ताव गरेका हुन् । ‘एमाले संसदीय दलका नेता तथा एमालेकै संसदीय दलका सिनियर नेताको नेतृत्वमा सर्वदलीय संयन्त्र बनाऔं, त्यसले सहमतिमा प्रदेशसभामा नामको प्रस्ताव गरोस