काठमाडौं। सिभिल बैंक नेपाल राष्ट्र बैंकको कारबाहीमा परेको छ। राष्ट्र बैंकको सुपरिवेक्षण विभागले बैंकलाई कारबाही गरेको हो। सिभिल बैंकबाट ऋण लिएका ऋणीसँग बैंकले अप्रत्यक्ष रुपमा कारोबार गरेको पाइएपछि विभागले कारबाही गरेको बताइएको छ। सिभिल बैंकलाई पनि केन्द्रीय बैंकले एकीकृत निर्देशन २०७७ अनुसार कारबाही गरेको हो।