धनगडीमाई नगरपालिका–११ स्थित सामुदायिक महेन्द्र गेनाइ स्मृति तथा बालकल्याण अस्पताल सञ्चालनमा आएको छ। यसबाट स्थानीयहरू सामान्य उपचारका लागि पनि बाहिर जानुपर्ने स्थानीयको बाध्यता अन्त्य भएको छ। धागडीमाई नगरपालिका, लहान नगरपालिका १३ र २४ नम्बर वडा, लक्ष्मीपुरपतारी गाउँपालिकाका स्थानीयले यहाँबाट सेवा लिँदै आएका छन्। लहान–२४ का गेनाइ महतोले एक बिघा र महेन्द्र महतोले दस कट्ठा गरी डेढ बिघा करोडौँ मूल्यको जग्गा दिएपछि अस्पताल निर्माण भएको थियो। अस्पताल सञ्चालनका लागि २०६४ सालमा भारतीय दूतावासले भवन निर्माणका लागि साढे तीन करोड र उपकरणका लागि थप डेढ करोड गरी जम्मा पाँच करोड सहयोग दिएको थियो।