दाङका दुई पालिकाले आफ्नै लगानीमा अस्पताल सञ्चालन गरे

दाङ – दाङको बङ्गलाचुली गाउँपालिका र तुलसीपुर उपमहानगरपालिकाले नागरिकलाई स्वास्थ्य सेवा उपलब्ध गराउनका लागि आफैँले अस्पताल सञ्चालन गरेका छन् । जिल्लाका दुई पालिकाले गाउँमै नागरिकलाई स्वास्थ्य सेवा दिने उद्देश्यले १५/१५ शय्याकाे अस्पताल सञ्चालनमा ल्याएकf] जनाएका छन् ।  बङ्गलाचुली गाउँपालिकाले ६ करोड रुपैयाँ खर्च गरेर १५ शय्याको अस्पताल निर्माण गरेको हो । अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीको तलब, भत्ता गाउँपालिकाले नै बेहोर्दै आएको छ । अस्पतालमा दुई चिकित्सको व्यवस्था गरिएको छ । ...