जनकपुरमा कोभिड विशेष अस्पताल सञ्चालन

जनकपुर – बढ्दो कोरोना सङ्क्रमणलाई दृष्टिगत गरी मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानले पुनः कोरोना विशेष अस्पताल सञ्चालन गरेको छ । प्रतिष्ठानले सञ्चालन गरेको १०० शय्याको सो कोभिड विशेष अस्पतालमा २० भेन्टिलेटर र २० शय्याको आइसीयू शय्या रहेको प्रतिष्ठानका उपकुलपति प्रा डा रामकेवल साहले जानकारी दिए । यसका साथै कोभिड विशेष अस्पतालमा दैनिक ५० सिलिण्डरसम्म भर्न सक्ने […]

सम्बन्धित सामग्री

भारत बोइङद्वारा बेंगलुरुमा कोभिड विशेष अस्पताल सञ्चालन

कोरोना भाइरस महामारीको समयमा भारत बोइङले बेंगलुरुमा अस्पताल सञ्चालन गरेको छ। भारतीय एयरस्पेस कम्पनी भारत बोइङले बेंगलुरुमा अक्सिजन सहितको दुई सय शय्या क्षमताको अस्पताल सञ्चालन गरेको छ।

निःशुल्क चिकित्सालयमा कोभिड विशेष अस्पताल सञ्चालन

काठमाडौँ महानगरपालिकाको सहयोगमा छेत्रपाटी निःशुल्क चिकित्सालयमा आजदेखि विशेष कोभिड–१९ अस्पताल सञ्चालनमा आएको छ ।दोस्रो लहरको कोरोना सङ्क्रमण बढ्दै गएपछि गत वैशाख ३१ गते महानगर र अस्पतालबीच आवश्यक सामग्री तथा रकम उपलब्ध गर्नेबारे सम्झौता भएको थियो । यसका लागि महानगरले पूर्वाधार सुधारका लागि एकमुष्ट रु ३० लाख ३४ हजार ७...

गाउँमै कोभिड अस्पताल सञ्चालन भएपछि स्थानीय खुसी

सोलुखुम्बु : गाउँमै कोभिड–१९ अस्पताल सञ्चालनमा आएपछि थुलुङदुधकोशी गाउँपालिकाका सर्वसाधरण हर्षित भएका छन्। गाउँपालिकाको केन्द्र मुक्लीमा अस्थायी कोभिड अस्पताल सञ्चालनमा आएको हो।कोरोना संक्रमितलाई अक्सिजनसहित उपचार गर्ने व्यवस्था भएपछि अन्य अस्पताल पुग्नुपर्ने बाध्यताको अन्त्य भएको थुलुङदुधकोशी–४ जुबुकी मनमाया खत्रीले बताइन्। ४५ वर्षीया खत्रीलाई समेत स्वासप्रश्वासमा समस्या देखिएपछि बिहीबार सोही अस्पतालमा भर्ना गरिएको थियो।नर्सिङ तेस्रो वर्षमा अध्ययनरत मनमायाकी छोरी रेजिनाले उपचारका लाग

महाभारत गाउँपालिकामा कोभिड अस्थायी अस्पताल सञ्चालन

११ जेठ, काभ्रे । महाभारत गाउँपालिकाले गाउँमै उपचारको व्यवस्था मिलाउन ‘कोभिड अस्थायी अस्पताल’ सञ्चालन गरेको छ । पहिला कोरोना सङ्क्रमणसँग मिल्दोजुल्दो लक्षण देख्दासमेत परीक्षण कहाँ गएर गर्ने भन्ने चिन्ताले सताइरहेको बेलामा गाउँमै सुविधासम्पन्न ‘कोभिड अस्थायी अस्पताल’ सञ्चालनमा आएपछि मनोबल बढेको स्थानीयवासीले बताएका छन् । ‘कोभिड अस्पताल सञ्चालन पश्चात् आम नागरिकमा खुशीको माहोल सिर्जना भएको छ’, […]

बनेपामा भोलिदेखि कोभिड समर्पित अस्पताल सञ्चालन हुने

काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–१० जनगालमा कोभिड समर्पित अस्पताल सञ्चालन गरिने भएको छ ।नगरपालिकाले अस्पतालसँग सम्झौता गरी कोभिड बिरामीको उपचारका लागि व्यवस्था गर्न आवश्यक प्रबन्ध मिलाएको छ ।नगरपालिकाबाट १५ शय्याको स्वीकृति लिई सञ्चालन गर्न लागिएको अस्पतालमा पहिलो चरणमा ४ शय्याको सघन उपचार कक्ष र ६ शय्याको अक्सिजन सहितको ...

गणेशमान चारनाथ नगरपालिकामा २० शय्याको कोभिड अस्पताल सञ्चालन

जनकपुरधाम : धनुषाको गणेशमान चारनाथ नगरपालिकाले २० शय्याको कोभिड विशेष अस्पताल सञ्चालनमा ल्याएको छ। कोरोना संक्रमितको उपचारका लागि नगरपालिकाले अक्सिजिनसहित सम्पूर्ण सुविधा भएको अस्पताल सञ्चालनमा ल्याएको हो।वडा नम्बर ७ पोर्ताहामा यसै वर्ष निर्माण भएको नयाँ भवनमा कोभिड अस्पताल सञ्चालनमा ल्याएको हो। अस्पताल सञ्चालनका लागि नगरपालिकाले एकजना एमबिबिएस डाक्टर, एकजना स्टाफ नर्स, दुईजना कार्यालय सहयोगी र एकजना नगर प्रहरी खटाएको नगर प्रमुख रामबाबु यादवले जानकारी दिए। आवश्यक परे जनशक्ति थप गर्ने उनले बताए।&

कोरोना प्रतिकार्यमा जुट्दै कर्णालीका स्थानीय सरकार

कर्णाली प्रदेशको केन्द्र रहेको वीरेन्द्रनगर नगरपालिकाभित्रै ती सय शैयाको प्रदेश अस्पताल छ, तर पनि कोरोना भाइरसका संक्रमित नगरवासीले उपचारबाट वञ्चित हुन नपरोस् भन्ने हेतुले २५ शैयाको कोभिड आइसोलेसन अस्पताल सञ्चालन गरेको छ । हाल २५ शैयाबाट सुरु गरिएको आइसोलेसनमा संक्रमित बढ्दै गएमा ५० शैया बनाउने लक्ष्य नगरपालिकाको छ । साथै अस्पताल भर्ना भएका संक्रमितलाई नगरपालिकाले […]

राजविराजमा २५ बेडको सुुविधासम्पन्न कोभिड–१९ अस्पताल सञ्चालन

सप्तरीको राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा आइतबारबाट अत्याधुनिक सुविधासहितको २५ शैय्या (बेड)को कोभिड–१९ अस्पताल सञ्चालन भएको छ । कोरोना भाइरस संक्रमितको उपचारको लागि अस्पतालको परिसर भित्रै एचडीयु (हाइ डिपेन्डेन्सी युनिट) कक्षको निर्माण गरी सो अस्पताल सञ्चालनमा ल्याएको गजेन्द्र नारायण सिंह अस्पतालका निमित मेडिकल सुपरिटेन्डेन्ट डा. रणजीत कुमार झाले जानकारी दिनुभयो । कोभिड–१९ अस्पतालको एचडीयुलाई तीन कक्षमा वर्गिकरण गरी उपचारको व्यवस्था मिलाइएको उहाँले जानकारी दिनुभयो । जेनेरल एचडीयुमा १४, आइसीयुमा सात र भेन्टिलेटरमा चार वटा बेडको व्यवस्थापन गरी कोभिड अस्पताल सञ्चालनमा ल्याएको उहाँले बताउनुभयो । कोभिड अस्पतालमा जटिल प्रकृतिका कोरोना संक्रमित विरामीको उपचार गर्न सकिने जनशक्ति तथा स्वास्थ्य उपकरण रहेको निमित मेसु डा. झाले कोरोनाका सामान्य संक्रमित विरामीको प्रारम्भिक उपचारको लागि प्रिआइसोलेशन कक्षको पनि व्यवस्था मिलाइएको बताउनुभयो ।

धादिङबेसीमा अक्सिजनसहितको कोभिड अस्पताल सञ्चालन

धादिङ अस्पतालले अक्सिजनसहितको कोभिड १९ अस्पताल सञ्चालनमा ल्याइएको हो। जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्रको निर्णय बमोजिम नवनिर्मित जिल्ला वन कार्यालय, धादिङको भवनमा धादिङ अस्पताल धादिङले ५० शय्याको अस्थायी कोभिड–१९ अस्पताल संचालनमा ल्याएको हो।

हलेसीमा अस्थायी कोभिड अस्पताल सञ्चालन

खोटाङ- हलेसी तुवाचुङ नगरपालिकाले पाँच श्ययाको अस्थायी कोभिड अस्थायी अस्पताल सञ्चालनमा ल्याएको छ। कोरोना भाइरसको सङ्क्रमण नियन्त्रण गर्न बिहीबारदेखि वडा नम्बर–५ दुर्छिमस्थित...