सरकारले कोभिड–१९ युनिफाइड केन्द्रीय अस्पताल (वीर अस्पताल) सञ्चालनमा ल्याएको छ । अस्पतालमा अक्सिजन जडान गरी बिरामीको उपचार शुरु गरिएको छ ।अस्पतालका प्रमुख प्रशासकीय अधिकारी डा. जागेश्वर गौतमले मङ्गलबारदेखि अस्पताल सञ्चालन गरिएको बताए । उनका अनुसार अहिले अस्पतालमा ५० जना सङ्क्रमितलाई भर्ना गरी उपचार गर्न थालिएको छ । “हामीले अहिले पूर्ण रुपमा सबै शय्यामा बिरामी राखेर […]