प्रधानमन्त्री केपी शर्मा ओलीको खड्ग प्रहारले कुच्चिएको संसदको द्वारमा तीन महीनादेखि झुण्ड्याइएको भोटे ताल्चा उघार्ने प्रयत्न यो आलेख तयार गर्दासम्म जारी नै छ । यद्यपि जनता समाजवादी पार्टीका नेता महन्थ ठाकुरको पाइजामाको खल्तीमा सत्ताको साँचो अल्झाइएकै कारण ताल्चा उघार्ने प्रयत्न विफल देखिन्छ । प्रधानमन्त्री ओलीलाई सत्ताच्युत गर्न कांग्रेसले अग्रसरता देखाएसँगै मुलुकको राजनीतिक निकासको द्वार खुल्ने […]