सत्ताको साँचो बोक्ने दल कांग्रेस नै अवैध ! संरचना कब्जाका लागि ‘क्रियाशील’को कर्तूत

यस्तो बेथिति र अराजक अवस्था कांग्रेसको जीवनमा अहिलेसम्म सायदै आएको थियो । चार वर्षका लागि सभापतिमा चुनिएका देउवा र वर्तमान कार्यसमितिले संवैधानिक संकटले दिएको अवधिसमेत गर्दा पाँच वर्ष सात महिना कटाइसक्दा पनि क्रियाशील सदस्यकै विवादमा पार्टीलाई अल्झाउनु भनेको चरम अक्षमता हो । नेतृत्वले चाहँदा एकै दिन वडा अधिवेशन हुनसक्दो रहेछ भन्ने दृष्टान्त त शनिबार कात्तिक ६ गते एमालेले एक साथ अधिवेशन गरेर देखाइदियो त । आफैले नेतृत्व गरिरहेको दलको वैधतामा सर्वत्र उठिरहेको प्रश्नको जवाफ सत्ताको जहाज हाँकिरहेका देउवाले कसरी देलान् ? आठ दशक लामो राजनीतिक इतिहास बोकेको प्रजातान्त्रिक पार्टीमाथि लागेको कालोधब्बा देउवाले कुन साबुन धोलान् ?