नेपाली काँग्रेसका नेता रामचन्द्र पौडेलले प्रधानमन्त्री केपी शर्मा ओलीले सत्ताको साँचो विखण्डनकारीलाई बुझाएको आरोप लगाएका छन् । बहुल राष्ट्रमुक्ति संग्राम भन्दै विखण्डनतिर हिँडेकालाई सरकारमा ल्याएर ओली विखण्डनको मतियार बनेको उनको आरोप छ । जनता समाजवादी पार्टीका वरिष्ठ नेता राजेन्द्र महतोले उपप्रधानमन्त्री बनेपछि बहुल राष्ट्रमुक्ति स्रगामको तयारी गर्ने बताएका थिए । त्यसलाई लक्षित गर्दै सोमबार सामाजिक सञ्जालमा नेता पौडेलले ओली राष्ट्रवादको लगौटी विखण्डनको पगरी बनिसकेको बताएका हुन् ।