प्रतिनिधि सभा विघटनविरुद्ध परेका रिटमाथि सर्वोच्च अदालतको संवैधानिक इजलासमा सुनुवाइ शुरू भएको छ ।
प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा नेतृत्वको इजलासमा आइतवार तेस्रो दिनको बहस शुरू भएको हो ।
यसअघि गठित इजलासमा जेठ १४ र १६ गते प्रारम्भिक सुनुवाइ भएको थियो ।
१६ गतेको सुनुवाइमा इजलास गठनमै प्रश्न उठेपछि आइतवार इजलास पुनर्गठन गरेर वरिष्ठतम् न्यायाधीश सम्मिलित इजलास गठन गरिएको थियो ।
प्रतिनिधि सभा विघटनविरुद्ध नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासहित विपक्षी गठबन्धनका १४६ सांसदले एउटा र...