प्रतिनिधि सभा विघटनविरुद्धको रिटमाथि संवैधानिक इजलासमा सुनुवाइ शुरू

प्रतिनिधिसभा विघटनविरुद्ध परेका १ दर्जन रिटमाथि सर्वोच्च अदालतको संवैधानिक इजलासमा तेस्रो दिनको सुनुवाइ शुरू भएको छ । प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर राणा नेतृत्वको संवैधानिक इजलासमा बुधवार तेस्रो दिनको सुनुवाइ शुरू भएको हो ।  पुस १० गते शुक्रवार पहिलो दिनको सुनुवाइपछि प्रतिनिधिसभा विघटनविरुद्ध कारण देखाउ आदेश जारी भएको थियो । पुस २२ गतेको सुनुवाइमा अधिवक्ताहरूले बृहत् पूर्ण इजलास माग गरेका थिए । सोही दिन संवैधानिक इजलासमा रहेका न्यायाधीश हरिकृष्ण कार्कीले प्रतिनिधिसभा विघटन विरुद्धको रिट नहेर्ने घोषणा...

सम्बन्धित सामग्री

प्रतिनिधि सभा विघटन मुद्दाको सुनुवाइको पेशी आज

काठमाडौं, असार २८ । दोस्रोपटक गरिएको प्रतिनिधि सभा विघटन मुद्दाको सुनुवाइको पेशी आजका लागि तोकिएको छ । गत असार २१ गते बहस सकिएपछि मुद्दाको पेशी आजका लागि तोकिएको हो । आजै विघटन विवादमा आदेश सुनाउने तयारीमा न्यायाधीशहरु जुटेको बताइएको छ । विघटन मुद्दाका मुद्धा असार ९ गतेदेखि निरन्तर ३२ घण्टाभन्दा बढी समय संवैधानिक इजलासमा सुनुवाइ […]

प्रतिनिधि सभा विघटनविरुद्धका रिटमाथि संवैधानिक इजलासमा सुनुवाइ शुरू

प्रतिनिधि सभा विघटनविरुद्ध परेका रिटमाथि सर्वोच्च अदालतको संवैधानिक इजलासमा सुनुवाइ शुरू भएको छ ।  प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा नेतृत्वको इजलासमा आइतवार तेस्रो दिनको बहस शुरू भएको हो ।  यसअघि गठित इजलासमा जेठ १४ र १६ गते प्रारम्भिक सुनुवाइ भएको थियो ।  १६ गतेको सुनुवाइमा इजलास गठनमै प्रश्न उठेपछि आइतवार इजलास पुनर्गठन गरेर वरिष्ठतम् न्यायाधीश सम्मिलित इजलास गठन गरिएको थियो । प्रतिनिधि सभा विघटनविरुद्ध नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासहित विपक्षी गठबन्धनका १४६ सांसदले एउटा र...

प्रतिनिधि सभा विघटनसम्बन्धी मुद्दामा आज पनि संवैधानिक इजलासमा सुनुवाइ हुँदै

काठमाण्डाै - प्रतिनिधि सभा विघटनसम्बन्धी सर्वोच्च अदालतमा परेको रिट निवेदनमाथि आज पनि संवैधानिक इजलासमा सुनुवाइ हुँदैछ । अस्ति शुक्रवार पहिलो सुनुवाइ भएका मुद्दाहरुमा बहस नसकिएकाले आज फेरि बहस हुन लागेको हो । संवैधानिक इजलासमा प्रतिनिधि सभा विघटनसम्बन्धी ३० वटा रिट दर्ता भएका छन् ।  अस्ति शुक्रबारको बहसमा प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाले गठन गरेको संवैधानिक​ इजलासबारे अधिवक्ताले प्रश्न उठाएका थिए । तत्कालीन नेपाल कम्युनिस्ट पार्टीलाई विघटन गरेर नेकपा एमाले र माओवादी केन्द्रलाई ब्युँताइदिएकाले न्...

संवैधानिक इजलासमा प्रतिनिधि सभा विघटनसम्बन्धी मुद्दामा सुनुवाइ सुरु

काठमाण्डौ - प्रतिनिधि सभा विघटनसम्बन्धी परेका रिटमाथि संवैधानिक इजलासमा सुनुवाइ सुरु भएको छ । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको नेतृत्वमा संवैधानिक इजलास गठन गरेर सुनुवाइ सुरु भएको हो । इजलासमा न्यायाधीशहरु दीपककुमार कार्की, आनन्दमोहन भट्टराई, तेजबहादुर केसी र बमकुमार श्रेष्ठ रहेका छन् ।  संविधानको धारा ७६ को ५ अनुसार प्रधानमन्त्रीमा दाबी गरेका केपी शर्मा ओली र शेरबहादुर देउवा दुवैले विश्वासको मत प्राप्त गर्ने आधार प्रस्तुत नगरेको भन्दै राष्ट्रपति विद्यादेवी भण्डारीले जेठ ७ गते दुवैको दाबी अस्वीकार गर्दै प्र...

संसद विघटनसम्बन्धी परेका सबै रिट निवेदनमाथि संवैधानिक इजलासमा सुनुवाइ हुँदै

काठमाण्डौ – प्रतिनिधि सभा विघटनसम्बन्धी परेका सबै रिट निवेदनमाथि आज सर्वोच्च अदालतको संवैधानिक इजलासमा सुनुवाइ हुँदैछ । आज सुनुवाइ हुने ३० वटामध्ये २६ निवेदनमा प्रतिनिधि सभा पुनःस्थापना र संविधानको धारा ७६ को ५ अनुसार कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन माग गरिएको छ ।  चार वटा निवेदनमा भने वर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीकै निरन्तरता हुनुपर्ने दाबी गरिएको छ । विपक्षी दलहरुले सर्वोच्चमा बहुमत सांसदको उपस्थितिसहित दर्ता गरेको रिटमा कांग्रेस सभापति देउवालाई प्रधानमन्त्री बनाउन माग ग...

महान्यायाधिवक्ता खरेलले इजलासमा पेश गरे प्रतिनिधि सभा विघटनको सूचना आएको राजपत्र

महान्यायाधिवक्ता अग्नि खरेलले प्रतिनिधि सभा विघटनसम्बन्धी सूचना प्रकाशित भएको राजपत्र संवैधानिक इजलासमा पेश गरेका छन् ।  बिहीवारको सुनुवाइमा प्रतिनिधि सभा विघटनको सूचना राजपत्रमा प्रकाशित नभएको भन्दै अधिवक्ताले प्रश्न उठाएका थिए ।  शुक्रवार संवैधानिक इजलासमा सुनुवाइ शुरू भएलगत्तै खरेलले राजपत्र बुझाएका हुन् । राजपत्र पेश गर्दै महान्यायाधिवक्ता खरेलले इजलासमा उठेका प्रश्नको जवाफ दिन आफू तयार रहेको बताए ।  खरेलले यसो भन्दै गर्दा न्यायाधीश अनिलकुमार सिन्हाले ‘उठ्दै नउठेको प्रश्नको जवाफ किन दिन...