अन्तरिम आदेश जारी भएन, प्रतिनिधि सभा विघटनविरुद्ध परेका सबै रिट संवैधानिक इजलासमा सुनुवाइ हुने

प्रतिनिधि सभा विघटनविरुद्ध परेका १९ वटा रिटलाई संवैधानिक इजलासमा पठाएर सुनुवाइ गर्न सर्वोच्च अदालतले आदेश दिएको छ । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा नेतृत्वको इजलासले १९ वटा रिटको बिहीवार प्रारम्भिक सुनुवाइ गर्दै संवैधानिक इजलासमा पठाउने आदेश गरेको हो । बिहीवार भएको सुनुवाइमा बरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी लगायतले अन्तरिम आदेश मार्फत प्रतिनिधि सभाको विघटन रोक्न माग गरेका थिए । प्रतिनिधि सभा पुनःस्थापना गरेर मात्र बजेट ल्याउन उनीहरुले माग गरेका थिए ।  प्रतिनिधि सभाका बहुमत सदस्य अदालतमा उपस्थित भएर ...

सम्बन्धित सामग्री

आईजीपी नियुक्तिविरुद्धको रिट न्यायाधीश विश्वम्भर र कुमारको संयुक्त इजलासमा

काठमाडौं : प्रहरी महानिरीक्षक आईजीपी नियुक्तिविरुद्ध परेको रिट निवेदन आज सर्वोच्च अदालतका न्यायाधीशद्वय विश्वम्भरप्रसाद श्रेष्ठ र कुमार चुडालको इजलासमा पेशी तोकिएको छ।आजको सुनुवाइ न्यायाधीश श्रेष्ठ र चुडालको संयुक्त इजलासमा सुनुवाइ हुनेगरी तोकिएको अदालत प्रशासनले जनाएको छ।न्यायाधीश सुष्मालता माथेमाको एकल इजलासले गत वैशाख २२ गतेको मुद्दाको अन्तिम सुनुवाइ आजबाट हुने आदेश दिएको थियोे। उक्त इजलासले सरकारका तर्फबाट अन्तिम सुनुवाइका लागि लिखित जवाफ माग गर्दै अन्तरिम आदेश दिन अस्वीकार गरेको थियो।आदेशमा

संवैधानिक इजलासबारे दायर रिट निवेदनमाथि आज सुनुवाइ हुँदै

संवैधानिक इजलासमा प्रधानन्यायाधीश अनिवार्य रहनुपर्ने मागसहित दायर भएको रिट निवेदनमाथि सुनुवाइका लागि सर्वोच्च अदालतले पेसी तोकेको छ । शुक्रबार उक्त रिट निवेदनमाथि न्यायाधीशद्वय प्रकाशकुमार ढुंगाना र डा. मनोजकुमार शर्माको संयुक्त इजलासमा सुनुवाइका लागि पेसी तोकिएको छ ।यसअघि उक्त रिट निवेदनमाथि न्यायाधीश हरिप्रसाद फुयाँलको एकल इजलासमा सुनुवाइ भएको थियो । इजलासले अन्तरिम आदेश जारी गर्दै विपक्षीलाई लिखित जवाफ बुझाउनसमेत आदेश दिएको थियो । इजलासको आदेशअनुसार विपक्षीले लिखित जवाफ बुझाइसकेपछि सो रिटमाथि

ओलीको रिट निवेदनमा आज आउला त अन्तरिम आदेश ?

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले निर्वाचन आयोग, सभामुख समेतलाई विपक्षी बनाएर दायर गरेको रिट निवेदनमा आज पनि सुनुवाइ हुँदैछ । सोमबार ‘हेर्दाहेर्दै’ मा राखिएको सो रिट निवेदनका सम्बन्धमा अन्तरिम आदेश जारी गर्नु पर्ने हो या होइन भन्नेबारे आज इजलासले निर्णय सुनाउने छ ।न्यायाधीशद्वय दीपककुमार कार्की र कुमार चुडालको संयुक्त इजलासमा सुनुवाइ भएको उक्त रिट निवेदनमा सोमबार निवेदक पक्षका कानुन व्यवसायीले बहस गरेका थिए । यसैगरी विपक्षी तर्फका कानुन व्यवसायीले पनि सोमबार नै बहस थालेका छन् ।

१४ सांसदमाथिको कारवाहीसम्बन्धी ओलीको मुद्दा ‘हेर्दाहेर्दै’ मा

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले निर्वाचन आयोग, सभामुख समेतलाई विपक्षी बनाएर दायर गरेको रिट निवेदनमा सोमबार सुनुवाइ गरेको सर्वोच्च अदालतले कुनै आदेश जारी गरेन । न्यायाधीशद्वय दीपककुमार कार्की र कुमार चुडालको संयुक्त इजलासमा सुनुवाइ भएको उक्त रिट निवेदनलाई ‘हेर्दाहेर्दै’ मा राखिएको छ । उक्त रिट निवेदनमाथि अब अर्को दिन सुनुवाइ हुनेछ ।सो रिट निवेदनका सम्बन्धमा अन्तरिम आदेश जारी गर्नुपर्ने हो या होइन भन्ने सन्दर्भमा सोमबार बहस भए पनि इजलासले कुनै आदेश दिएन । एमाले अध्यक्ष ओलीले पार

ओलीले दायर गरेको रिट न्यायाधीशद्वय कार्की र खड्काको इजलासमा सुनुवाइ हुँदै

नेकपा एकीकृत समाजवादीको दर्ता प्रक्रिया नै अवैध रहेको दाबी गर्दै एमाले अध्यक्ष केपी शर्मा ओलीले दायर गरेको रिटमा अन्तरिम आदेश दिने कि नदिने भन्नेबारे आज सुनुवाइ हुँदैछ ।

४ माओवादी नेताको सांसद पद जोगिएला त ?

काठमाडौं।माओवादी केन्द्रले कारबाही गरेपछि सांसदबाट पदमुक्त भएका चारजना नेताको रिट आज पेसीमा चढेको छ।उनीहरुको पेसी वरिष्ठ न्यायाधीश दीपककुमार कार्कीको एकल इजलासमा सुनुवाइ हुने भएको छ।टोपबहादुर रायमाझी,लेखराज भट्ट,प्रभु साह र गौरीशंकर चौधरीले बुधबार रिट दर्ता गरेका थिए।उनीहरुले आफूहरूले दल त्याग नगरेको र निर्वाचन आयोगमा रहेको विवरणमा आफूहरू माओवादी केन्द्रकै सदस्य रहेको भन्दै सांसद पदमा पुनर्वहालीका लागि अन्तरिम आदेश माग गरेका छन्।

सातजना मन्त्रीको नियुक्त बदरबारे सर्वोच्चमा सुनुवाइ हुँदै

काठमाडौं। सातजना गैरसांसद मन्त्रीहरुलाई पदमुक्त गर्न माग गर्दै दायर भएको रिटमाथि आज सुनुवाइ हुँदैछ। आज प्रधानन्यायाधीश चालेन्द्र शम्सेर जबराको इजलासमा सुनुवाइ हुँदैछ। गैरसांसदलाई मन्त्रीमा नियुक्त गर्नु असंवैधानिक भएकाले अधिवक्ता कपिलदेव ढकाल र विराज थापाले अन्तरिम आदेश माग गर्दै रिट दायर गरेका थिए। हाल मन्त्रिपरिषदमा अहिले सातजना गैरसांसद मन्त्रीहरु छन्।

निलम्बित एमाले नेता माधव नेपालसहित चार नेताको रिट 'हेर्न नभ्याइने'मा

काठमाडौं। निलम्बित एमाले नेता माधव नेपालसहित चार नेताले सर्वोच्च अदालतमा दायर गरेको रिट 'हेर्न नभ्याइने' मा परेको छ। आज न्यायाधीश प्रकाश ढुंगानाको एकल इजलासमा सुनुवाइ तोकिएको थियो। २७ जना सांसदको पद खारेज प्रक्रिया रोक्न र २०७५ जेठ २ अघिकै एमालेको केन्द्रीय कमिटी बैठक बोलाउन रिटमा अन्तरिम आदेश माग गरिएको छ।

के निर्णय गर्ला सर्वाेच्चले, नेपाल पक्षको रिटमा?

काठमाडौं। माधव नेपाल पक्षले सर्वोच्च अदालतमा दर्ता गरेको रिट निवेदनमाथि आज सुनुवाई हुँदैछ। १४ बुँदे मागसहित परेको रिटमाथि न्यायाधीश प्रकाश ढुंगानाको इजलासमा सुनुवाइ हुने भएको हो। निलम्बनमा परेका चार नेतासहित २७ सांसदको पद खारेजी प्रक्रिया रोक्न र पुनः स्थापित एमाले केन्द्रीय कमिटी बैठक बोलाउने अन्तरिम आदेश माग गर्दै उनीहरुले रिट दिएका थिए।