महान्यायाधिवक्ता खरेलले इजलासमा पेश गरे प्रतिनिधि सभा विघटनको सूचना आएको राजपत्र

महान्यायाधिवक्ता अग्नि खरेलले प्रतिनिधि सभा विघटनसम्बन्धी सूचना प्रकाशित भएको राजपत्र संवैधानिक इजलासमा पेश गरेका छन् ।  बिहीवारको सुनुवाइमा प्रतिनिधि सभा विघटनको सूचना राजपत्रमा प्रकाशित नभएको भन्दै अधिवक्ताले प्रश्न उठाएका थिए ।  शुक्रवार संवैधानिक इजलासमा सुनुवाइ शुरू भएलगत्तै खरेलले राजपत्र बुझाएका हुन् । राजपत्र पेश गर्दै महान्यायाधिवक्ता खरेलले इजलासमा उठेका प्रश्नको जवाफ दिन आफू तयार रहेको बताए ।  खरेलले यसो भन्दै गर्दा न्यायाधीश अनिलकुमार सिन्हाले ‘उठ्दै नउठेको प्रश्नको जवाफ किन दिन...