२०४७ सालमा जुन अधिकार राजामा थियो, अहिले त्यो अधिकार प्रधानमन्त्री ओलीसँग छ : सरकार पक्षका वकिल

प्रतिनिधिसभा विघटनविरुद्धको रिटमा संवैधानिक इजलासमा बहस गर्दै सरकार पक्षका वकिलले प्रधानमन्त्रीसँग असीमित अधिकार भएको बताएका छन् । नायब महान्यायाधिवक्ता पदमप्रसाद पाण्डेले संसद् विघटन सदर हुनुपर्ने माग गरे ।अहिलको संविधानले सार्वभौमसत्ताको प्रयोग गर्ने अधिकार प्रधानमन्त्रीलाई दिएको दाबी गरे । २०४७ सालमा जुन अधिकार राजामा थियो, अहिले त्यो अधिकार प्रधानमन्त्री केपी शर्मा ओलीसँग रहेको उनको तर्क गरे ।उनको तर्कपछि न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले संसद् विघटनको अधिकार प्रधानमन्त्रीलाई यो संविधानले

सम्बन्धित सामग्री

अधिकार हस्तान्तरण जरुरी : मुख्यमन्त्री शाह

नेपालको संविधान कार्यान्वयनका क्रममा प्रदेश सरकार गठन भएको सात वर्ष भइसक्यो । अहिले पनि संविधानले दिएका अधिकार पूर्ण रूपले कार्यान्वयन गर्ने सन्दर्भमा सङ्घको अधिकार क्षेत्र, प्रदेशको अधिकार क्षेत्र, पालिकाको अधिकार क्षेत्रबारे दुविधा छ ।

पोखरामा बस्दैछ प्रधानमन्त्री नेतृत्वको समन्वय परिषद बैठक

१४ असार, पोखरा । संघीयको दोस्रो कार्यकालका लागि स्थानीय तह र प्रदेशमा नयाँ सरकार आएका छन् । दोस्रो कार्यकालमा आइपुग्दा पनि सबैभन्दा धेरै स्थानीय तह र प्रदेशको आक्रोस तथा आरोप छ, ‘संघले अहिले पनि अधिकार मुठीमै राख्यो । स्रोत, साधन, जनशक्ति, बजेट आफैं राखेर संघीयताको मर्मबिपरीत संघले व्यवहार गरिरहेको छ ।’ संघको बजेटले आगामी आर्थिक वर्षका […]

संघीयता विरोधी ‘आइकन’ चित्रबहादुर केसी, ८२ वर्षमा चौथोपटक संसदीय यात्रा

देशमा संघीयता आएको ६ वर्ष बित्याे। अहिले संघ, प्रदेश र स्थानीय गरी तीन तहका सरकार छन्। तीनै तहको सरकारका छुट्टाछुट्टै अधिकार छन्। संघीयता आएसँगै तीनै तहको दोस्रोपटक निर्वाचन भएकाे छ।...

‘अधिकारकर्मी र सरकार मिलेर उपभोक्ताको अधिकार संरक्षणमा जुट्नुपर्छ’

काठमाडौँ– सरोकारवालाहरूले उपभोक्ता अधिकारकर्मी र सरकार मिलेर उपभोक्ताको अधिकार संरक्षणका लागि जुट्नुपर्ने बताएका छन् । शनिबार काठमाडौंमा आयोजित उपभोक्ता जागरण अभियान नेपालको प्रथम साधारणसभामा उनीहरूले उपभोक्ता अधिकारको विषयलाई प्रमुख बनाएर राज्य र उपभोक्ता अधिकारकर्मी मिलेर काम गर्नुपर्ने बताएका हुन् । कार्यक्रममा नेपाल सरकारका पूर्व सचिव कृष्णहरि बाँस्कोटाले अहिले उपभोक्ता अधिकारकर्मी र सरकारबीच कित्ताकाट भएजस्तो देखिएको […]

सुरक्षित यात्राको अधिकार : न्यायालयको उपहास र निकम्मा सरकार

२०३५ साल अगाडिसम्म नेपालमा गाडी दुर्घटना हुँदासमेत छानविन समिति बन्थ्यो, त्यसले सुझाव सहितको रिपोर्ट दिन्थ्यो भन्ने सुन्नमा आउँछ ।  रिपोर्ट कार्यान्वयन हुन्थ्यो कि नाइँ त्यो दैवले नै जानून् । तर अहिले सार्वजनिक यातायात र निजी यातायातका साधनको पनि दुर्घटनापछि छानविन प्रतिवेदन बन्ने कुरा कामना पनि गर्न सकिन्न, भलै यो देशमा समाजवादी संविधान र लोकतान्त्रिक सरकार छ भनिन्छ ।खराबसँगै केही राम्रा काम समेत भएका छन्, नेपालको सडक र यातायातको क्षेत्रमा । खास गरी व्यवस्थापिका र न्यायपालिकाको संवेदनशीलता

उपभोक्ता अधिकार संरक्षणबारे कार्यक्रममा संसदीय समितिले देखायो लाचारी

‘कहाँ छ सरकार ? कसले सुन्छ यहाँ उपभोक्ताको कुरा ?’, प्रश्न गर्दै उनले भने, ‘यहाँ कसैले कसैको कुरा सुनेको छैन । उपभोक्ताको विषयमा हाम्रै कुरा त कसैले सुन्दैन । संसद चलेको भए त्यहाँ उठाउन पाइन्थ्यो । अहिले त त्यो  पनि बन्द छ ।’

सरकारमा हुनेलाई त बिद्रोह गर्ने अधिकार नहोला तर बाहिर बस्नेलाई हुन्छ

राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष डा. पुष्पराज कँडेलले मुलुक बजेटबिहीन हुनुमा सरकार स्वयं जिम्मेवार रहेको बताएका छन् । विभिन्न राजनीतिक खिचातानी लगायत कारणले मुलुकले बजेट शुन्यताको स्थिती सामना गर्न नपरोस् भनेर संविधानमा नै जेठ १५ गते बजेट संसदमा पेस गर्नुपर्ने प्रावधान राखिएको स्मरण गर्दे उनले अहिले मुलुक बजेट शुन्यताको अवस्थामा पुग्नुको मुख्य कारक वर्तमान सरकार भएको बताए ।

मानवअधिकार आयोगको नियुक्तिमा राष्ट्रसंघको चासो : सरकारले के जवाफ देला ?

२३ चैत, काठमाडौं । राष्ट्रिय मानवअधिकार आयोगमा भएको नियुक्ति प्रक्रिया र आयोगको क्षेत्राधिकारमा अतिक्रमण गर्ने गरी कानून संशोधन गर्न खोजेको भन्ने प्रश्न उठाएर संयुक्त राष्ट्रसंघीय मानवअधिकार उच्चायुक्तको कार्यालयले नेपाल सरकार र आयोगलाई पठाएको पत्रले नेपालको मानवअधिकार क्षेत्र अहिले तरङ्गित छ । द्वन्द्वकालीन मानवअधिकार उल्लंघनका मुद्दा बाहेक समग्र मानवअधिकारको क्षेत्रमा नेपालले गणतन्त्र स्थापनायता निरन्तर प्रगति गरिरहेको […]