काठमाण्डाै – अस्ट्रेलियन ओपन टेनिसको उपाधि स्पेनका राफेल नाडालले जितेका छन् । अस्ट्रेलियामा आज भएको निकै रोमाञ्चक खेलमा रुसका डानियल मेद्भेदेभलाई हराउँदै नाडालले उपाधि जितेका हुन् ।
पहिलो सेट ६–२ र दोस्रो सेट ७–६ ले गुमाएका नाडालले उत्कृष्ट पुनरागमन गरेर बाँकी तीन सेट लगातार जित्दै अस्ट्रेलियन ओपनको उपाधि जितेका हुन् । योसँगै ३५ वर्षका स्पेनिस खेलाडी नाडालले कीर्तिमानी २१ औँ ग्रान्डस्लाम पनि जितेका छन् ।
उनी स्विट्जरल्यान्डका रोजर फेडेरर र सर्बियाका नोभाक जोकोभिचलाई पछि पार्दै ...