विश्व नम्बर दुई टेनिस खेलाडी डानिल मेडभेडेभ अस्ट्रेलियन ओपन टेनिसको चौथो चरणमा प्रवेश गरेको छ। रुसी खेलाडी डानिलले डच खेलाडी बोटिक भान डी जाण्डसल्पलाई पराजित गरेर अघिल्लो चरणमा प्रवेश गरेका हुन्। अघिल्लो वर्षका फाइनलिस्ट डानिलले बोटिकलाई ६–४, ६–४ र ६–२ को सेटमा पराजित गरेका हुन् । ५७ औँ बरियताका बोटिकमाथि डानिलले सहज जित निकालेका हुन् […]