काठमाण्डौ – अदालतको निर्णयपछि विश्व नम्बर एक टेनिस खेलाडी नोभाक जोकोभिचले अस्ट्रेलियन ओपन टेनिस खेल्न नपाउने भएका छन् ।
जोकोभिच अस्ट्रेलियामा रहने अन्तिम प्रयासलाई अस्ट्रेलियाको संघीय अदालतले अस्वीकार गरेको छ । ३४ वर्षीय सर्बियाली नागरिक जोकोभिचको भिसा रद्द गर्ने अस्ट्रेलिया सरकारको निर्णयलाई अदालतले कायम राखेको बीबीसीले जनाएको छ ।
अदालतका तीन न्यायाधीशले सर्वसम्मत रुपमा भिसा रद्द विरुद्धको अपिल खारेज गर्ने निर्णय गरेका हुन् । गएको शुक्रबार अस्ट्रेलियाका आप्रवासन मन्त्री एलेक्स हकले जोकोभिचका कारण अस्ट्रेलि...