विराटनगर : प्रदेश १ मा प्रदेशसभाको सभामुखका लागि कसैको दाबी नआएपछि माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा प्रदेश १ का प्रदेशसभा सदस्य बाबुराम गौतम सभामुख पदका लागि निश्चित भएका छन्।प्रदेशसभाको सभामुख पदका लागि निर्धारित समयमा गौतमको बाहेक अन्य कुनै दलले दाबी परेन। त्यसो हुँदा उनी निर्विरोध निर्वाचित हुनेछन्। सभामुखको निर्वाचन पुस २८ गते हुनेछ। गौतमलाई सभामुख चयन गर्ननका निम्ति एमाले संसदीय दलका प्रमुख सचेतक रेवती रमण भण्डारी प्रस्तावक रहेका छन् भने समर्थकमा माओवादी केन्द्रका नार