तिलोत्तमा, असोज २ । लुम्बिनी प्रदेशमा किशोरी अवस्थाको प्रजनन दर उच्च रहेको पाइएको छ । प्रदेशमा अहिले किशोरी प्रजनन दर ५७ प्रतिशत छ । यसलाई घटाएर ३० प्रतिशतमा झार्नुपर्ने चुनौती रहेको लुम्बिनी प्रदेशका वरिष्ठ जनस्वास्थ्य निर्देशक रोशनलाल चौधरीले बताए ।