टाढा छैन छोराले बुहारी नपाउने दिन : '१०० जना छोरी बराबर १२७ जनासम्म छोराको जन्म !'

काठमाडौं । नेपालमा लिङ्ग (छोरा वा छोरी) पहिचान गरी गरिने गर्भपतनका कारणले लैङ्गिक असन्तुलन देखिन थालेको छ । लिङ्ग पहिचान गरी गरिने गर्भपतनले गर्दा छोराको सङ्ख्या बढ्दै गएकाले लैङ्गिक असन्तुलन देखिन थालेको हो ।  नेपाली समाजमा छोराप्रतिको बढ्दो चाहना र महिलालाई गरिने विभेदपूर्ण व्यवहारका कारणले छोरा जन्माउनै पर्ने कारणले गर्दा लैङ्गिक असन्तुलन हुनसक्ने देखिएको हो । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको लैङ्गिक समानता तथा सामाजिक समावेशीकरण शाखाका वरिष्ठ कम्युनिटी नर्सिङ अधिकृत सुनालक्ष्मी कर्मचार्यले मानिसमा छोरीभन्दा छोराको मोह नै बढी भएकाले लैङ्गिक असन्तुलन देखिएको बताइन् । “हाम्रो समाजमा अझै पनि छोरा नै चाहिने गर्दछ”, उनले भनिन्, “गर्भमा नै छोरा वा छोरी छुट्याएर छोरी भए गर्भपतन गराउने गर्दछन् । जसले गर्दा छोरीको सङ्ख्यामा कमि आएको छ ।” गर्भमा नै छोरी भएपछि गर्भपतन गराउने भएकाले छोराको सङ्ख्या अस्वाभाविक वृद्धि भइरहेको उनले बताइन् ।  नेपालमा सामान्यतया १०५ जना छोरा जन्मदा १०० जना छोरी जन्मिने गर्दछन् । तर १२ जिल्लामा गरिएको अध्ययनमा १०० जना छोरी जन्मिदा ११० भन्दाबढी छोरा जन्मिएको पाइएको उनले जानकारी दिइन् । तीमध्ये अर्घाखाँची जिल्लामा त १२७ छोरा बराबर १०० जना मात्रै छोरी जन्मिएको अध्ययनमा देखिएको छ । यस्तै भक्तपुरमा १०० जना छोरी बराबर १२३ जना छोरा, कास्कीमा ११७ जना छोरा, ललितपुर र पाल्पामा ११४ जना छोरा, काठमाडौँ, कञ्चनपुर र रुपन्देहीमा ११३ जना छोरा, गुल्मी, सप्तरीमा १११ जना छोरा तथा झापा र पर्वतमा ११० जना छोरा जन्मिएको अध्ययनले देखाएको छ ।  छोरा जन्माउनकै लागि महिलाले पटक–पटक गर्भधारण गर्नुपर्ने बाध्यताले महिला र बच्चाको शारीरिक तथा मानसिक स्वास्थ्यमा नकारात्मक असर पर्नुका साथै लैङ्गिक हिंसासमेत वृद्धि हुने गरेको देखिन्छ ।  लिङ्ग पहिचान गरी गरिने गर्भपतनको कारणले भविष्यमा महिलाको सङ्ख्यामा कमी हुन गई जन्मदर र मृत्युदरमा असन्तुलन हुनसक्ने अध्ययनले देखाएको छ ।  विश्व स्वास्थ्य सङ्गठनको सर्वेक्षण अनुसार सामान्यता १०० जना छोरी जन्मिदा १०५ जना छोरा जन्म हुनसक्ने बताएको छ । नेपालमा छोरी भन्दा छोरालाई उच्च प्राथमिकता दिने पितृसत्तात्मक मान्यता भएको र सोही अनुरुप छोरीभन्दा छोरा जन्माउने चाहना राख्ने गरेको पाइन्छ । त्यसैले जन्मदरमा लैङ्गिक असन्तुलन देखिन थालेको हो । नेपालमा जन्मदरमा लैङ्गिक असन्तुलन देखिनुमा प्रजनन दर घट्नु, छोरालाई उच्च प्राथमिकता दिनु र भ्रुणको लैङ्गिक पहिचान गर्ने प्रविधिमा सहज पहुँच हुनु मुख्य कारण भएको अध्ययनले देखाएको छ ।  नेपाल जनसाङ्ख्यिक तथा स्वास्थ्य सर्वेक्षणले पनि प्रजनन दर घटेको देखाएको छ । सन् २००१ मा नेपालमा प्रति १ हजारमा ४ दशमलव १ जना बच्चा रहेको थियो भने सन् २०२२ मा घटेर २ दशमलव १ जनामा झरेको छ ।  महिलालाई गर्ने विभेदपूर्ण व्यवहारका कारणले गर्भमा छोरी पाइए महिलाले नै पटक–पटक गर्भपतन गराउनुपर्ने बाध्यता रहेको छ ।  अध्ययनमा पहिलो बच्चा छोरा हुने महिलाको दोस्रो बच्चाको लैङ्गिक अनुपातमा सन्तुलन देखिए पनि पहिलो बच्चा छोरी छ भने दोस्रो बच्चा जन्मदाको लैङ्गिक अनुपातमा असन्तुलन देखिएको छ ।  नेपालमा लैङ्गिक असन्तुलन देखिन थालेपछि स्वास्थ्य मन्त्रालयले विभेदपूर्ण लिङ्ग छनोटको अन्त्यका लागि राष्ट्रिय रणनीति - २०७८–२०८० कार्यन्वयनमा ल्याएको छ । रणनीति अनुसार सन् २०३० सम्ममा विभेदपूर्ण लिङ्ग छनोट गर्ने प्रवृतिको अन्त्य गरिने उल्लेख गरिएको छ ।  रणनीति अनुसार छोरीको महत्वलाई प्रोत्साहन गर्दै लैङ्गिक समानता कायम गर्ने, छोराछोरीको समान महत्व स्थापित गर्न किशोरी एवम् महिला केन्द्रित सामाजिक तथा आर्थिक सशक्तिकरणका कार्यक्रम प्रभावकारी रुपमा कार्यान्वयन गर्ने, लिङ्ग पहिचान गरी गरिने गर्भपतन विरुद्धमा सोच र व्यवहार परिवर्तन ल्याउनेजस्ता कार्यक्रम गरिने उल्लेख छ ।   यस्तै सङ्घ प्रदेश र स्थानीय तहले लिङ्ग पहिचान गरिने गर्भपतनविरुद्ध आवश्यक नीति निर्माण गर्न र कार्यन्वयनमा ल्याउने, लिङ्ग पहिचानको आधारमा गरिने गर्भपतन गर्न चाहने दम्पती, परिवार र समाजको मान्यता र सोचमा परिवर्तन ल्याउनेछ । यस्तै रणनीतिमा छोराछोरीको समान महत्वलाई प्रवर्द्वन गर्न सामाजिक, सांस्कृतिक, परम्परा, सोच, व्यवहार, मान्यता र धारणामा परिवर्तन ल्याइने, आर्थिक सशक्तिकरणका लागि उद्यम व्यवसायमा महिला र किशोरीको अर्थपूर्ण सहभागितालाई प्रोत्साहन गर्ने, महिला तथा किशोरीको सामाजिक सशक्तीकरण गर्दै नेतृतव विकासमा प्रवर्द्वन गर्नेजस्ता कुरा समेटिएको छ । –रासस

सम्बन्धित सामग्री

छोराभन्दा कम जन्मिए छोरी: कुन उमेरका कति महिलाले कति बच्चालाई जन्म दिए?

नेपालमा एक वर्षको अवधिमा छोराभन्दा छोरी कम संख्यामा जन्मिएका छन्। राष्ट्रिय तथ्यांक विभागले शुक्रबार सार्वजनिक गरेको १२ औं राष्ट्रिय जनगणना २०७८ को पूर्ण विवरणमा छोराभन्दा तीन प्रतिशत कम छोरीको जन्म भएको छ।

रोनाल्डोको जुम्ल्याहा शिशुमध्ये छोराको मृत्यु छोरी बाँचिन्

एजेन्सी, ६ वैशाख । फुटबल स्टार क्रिस्टियानो रोनाल्डोको जुम्ल्याहा बच्चा मध्ये छोराको मृत्यु भएको छ । उनकी छोरी भने बाँचेकी छिन् । ३७ वर्षीय रोनाल्डो र २८ वर्षीया जर्जिना रोड्रिगेजबाट जुम्ल्याहा बच्चाको जन्म हुने आशा गरिएकोमा छोराको मृत्यु भएको हो । उक्त घटनाबारे जानकारी दिदै घटनालाई दुःखद भनेका छन् । सामाजिक सञ्जालमा रोनाल्डोले छोराको मृत्यु […]

किशोर-किशोरीको ‘नाबालिग सम्बन्ध’बाट छोरी जन्मिएपछि...

धनगढी : कञ्चनपुरमा ‘नाबालिग सम्बन्ध’बाट छोरी जन्मिएको घटना सार्वजनिक भएको छ। कञ्चनपुरकै दक्षिणी क्षेत्रको चौधरी समुदायकी १४ वर्षीया किशोरी र भीमदत्त नगरपालिकाका १६ वर्षीय किशोरको सम्बन्धबाट छोरी (शिशु) को जन्म भएको हो।केही दिनअघि किशोरी बिरामी भएर महेन्द्रनगरस्थित महाकाली प्रादेशिक अस्पतालमा पुगेकी थिइन्। अस्पतालमा उनले छोरी जन्माइन्। उनले छोरी जन्माएपछि यो घटना सार्वजनिक भएको हो। बालिका भीमदत्तमा अर्काको घरमा काम गरेर बस्थिन्। उनले आफू काम गर्ने घर मालिककै भतिजासँगको सम्बन्धबाट

छोरी जन्मिएको १० महिनापछि अनुष्का शर्माको ग्ल्यामरस फोटोसुट

अनुष्का शर्माले यो फोटोसुट ग्राजिया म्यागजिन कभरका लागि गराएकी छिन् । अनुष्काको यो फोटोलाई एकातिर धेरैले तारिफ गरिरहेका छन् भने अर्कोतर्फ गर्भावस्थापछिको शरीरको विषयमा चर्चा पनि सुरु भएको छ ।वास्तवमा अनुष्काले करिब १० महिनाअघि छोरी वामिकालाई जन्म दिएकी थिइन् । निकै कम समयमा उनले आफ्नो पुरानो सुगठित फिगर पुनः हासिल गरेकी छिन् । यो फोटोसुट पछि अब उनी फिल्ममा फिर्ता हुन लागेकी हुन् कि भनेर चर्चा चलेको छ ।यो फोटोसुटका बेला अनुष्काले गर्भावस्थाबारे पनि खुलेर कुरा गरेकी छिन् । अनुष्काले भनिन्, &

छोरी जन्माउने आमालाई नगदसहित सम्मान

काभ्रे, असोज २१ । नमोबुद्ध नगरपालिकामा छोरी जन्माउने आमालाई प्रोत्साहनस्वरुप नगदसहित सम्मान गरिएको छ । स्वास्थ्य संस्थामार्फत सुत्केरी भई छोरी जन्माएका आमालाई प्रोत्साहनस्वरुप विभिन्न शीर्षकमा नगदसहित सम्मान गरिएको हो । गत साउन १ देखि यही असोज १४ गतेसम्मको अवधिमा छोरीलाई जन्म दिने तथा स्वास्थ्य संस्थामा सुत्केरी हुने १४ आमालाई सम्मानसहित नगद प्रदान गरिएको छ । […]

प्रियंकाले दिइन् छोरीलाई जन्म

काठमाडौं : अभिनेत्री प्रियंका कार्कीले छोरीलाई जन्म दिएकी छन्। आफ्नो सामाजिक सञ्जालमा फोटो राख्दै आफू आमा बनेको कुरा सार्वजनिक गरेकी हुन्। सार्वजनिक फोटोमा छोरीसँग आमा प्रियंका र बाबु आयुष्मान देखिएका छन्।सोही पोस्टमार्फत प्रियंकाले आफ्नी छोरी आयांकालाई स्वागत गरेकी हुन्। लामो समय प्रेम सम्बन्धमा रहेका प्रियंका र आयुष्मानले डेढ वर्षअघि २०७६ फागुन १५ मा विवाह गरेका थिए।

सोमिकाले दिईन एकै पटक ५ वटा शिशुलाई जन्म, एक छोरोको मृत्यु चार जना छोरी सकुशल

काठमाडौ, साउन २२ । नुवाकोटकी २८ वर्षकी सोमिका तामाङले एकै पटक ५ वटा शिशुलाई जन्म दिएकी छन्। तामाङले चार जीवित र एक जना मृत शिशुलाई जन्म दिएकी हुन् । उनी थापाथलीस्थित परोपकार प्रसूति गृहमा शल्यक्रियामार्फत सुत्केरी भएकी हुन। मृतक शिशु छोरा हुन् भने अन्य चार जना छोरी रहेका छन् । अप्रेशन टोलीका प्रमुख डा कीर्तिपाल […]

मालीकी महिलाले एकै पटकमा ९ बच्चालाई जन्म दिइन्

अफ्रिकी मुलुक मालीकी एक महिलाले एकसाथ ९ बच्चालाई जन्म दिएकी छिन्‌। २५ वर्षीया हालिमा सिसेले मोरक्कोको एक अस्पतालमा ती बच्चाहरूलाई जन्म दिएकी हुन्‌। नवजात शिशुमध्ये ५ छोरी र ४ छोरा छन्‌।उनको गर्भमा धेरैवटा बच्चा रहेको र प्रश्रव हुन विशेषज्ञ चिकित्सक आवश्यक पर्ने थाहा भएपछि मालिका अन्तरिम राष्ट्रपतिले सरकारी कोषबाटै खर्च ब्यहोर्नेगरी सिसेलाई मोरक्कोको अस्पतालमा पठाएका थिए। पहिले सिसेको गर्भभित्र ७ वटा बच्चा देखिएको चिकित्सकहरूले बताए

३५ वर्षपछि छोरी जन्मिइन्, अस्पतालबाट हेलिकप्टरमा घर लगेर गाउँमा उत्सव

दक्षिण एसियाली  मुलुकमा छोरीलाई लक्ष्मीका रुपमा पूजा गरिन्छ। यद्यपी नयाँ सन्तानका रुपमा छोरी जन्मिँदा भने परिवार खुशी हुँदैनन्। छोरा जन्मिँदा उत्सव मनाउने परिवार छोरी जन्मिँदा निरास बन्छ।त्यसले गर्दा कतिपयले पेटमा बच्चा हुर्कँदै गर्दा छोरी रहेको थाहा पाएपछि चिकित्सकसँग सल्लाह गरेरै भ्रूण हत्या हुने गरेका छन्। तर, भारतको राजस्थानमा छोरीको जन्मलाई लिएर उत्सब मनाइएको छ।राजस्थानको नागौर जिल्लाको निम्बडी चन्दवाता गाउँका ५५ वर्षीय किसान मदन प्रजापतको परिवारमा ३५ वर्षपछि छोरीको जन्म भएपछि उत्