परिवार योजना सेवा

नेपालको संविधान, सुरक्षित तथा प्रजनन स्वास्थ्य अधिकार ऐन २०७५ र जनस्वास्थ्य सेवा ऐन २०७५ बाट प्रदत्त व्यक्तिको परिवार योजना सेवासम्बन्धी शिक्षा, सूचना, परामर्श तथा सेवा प्राप्त गर्ने अधिकार सुनिश्चितताका लागि सहज, सर्वसुलभ हुनुपर्ने उल्लेख गरिएको छ । साथै मातृ तथा नवजात शिशु मृत्यु दर, किशोरी प्रजनन दर कम गर्न र गर्भनिरोधक साधन प्रयोग दर बढाउने, […]

सम्बन्धित सामग्री

प्रजनन स्वास्थ्य अधिकार र सुसुचित छनोट सहितको परिवार योजना सेवा

परिवार योजना मानिसको स्वास्थ्य, शिक्षा र सशक्तिकरणकोलागि एउटा प्रमुख निर्धारक भएको हुदा हरेक ब्यक्ति वा जोडीलाई निजको प्रजनन आवश्यकताको आधारमा गुणस्तरीय (सुसुचित छनौटमा आधारित) परिवार योजना शिक्षा, सूचना, परामर्श र सेवा प्रदान गरौ।

प्रजनन स्वास्थ्य अधिकार र सुसूचित छनोट सहितको परिवार योजना सेवा

परिवार योजना मानिसको स्वास्थ्य, शिक्षा र सशक्तिकरणकोलागि एउटा प्रमुख निर्धारक भएको हुदा हरेक ब्यक्ति वा जोडीलाई निजको प्रजनन आवश्यकताको आधारमा गुणस्तरीय (सुसूचित छनौटमा आधारित) परिवार योजना शिक्षा, सूचना, परामर्श र सेवा प्रदान गरौ।

यौन तथा प्रजनन स्वास्थ्य र यौनिकता शिक्षामा अग्रसरता लिँदै परिवार नियोजन संघ

यौन तथा प्रजनन स्वास्थ्य तथा परिवार योजना सेवा प्रदायक अगुवा संस्था नेपाल परिवार नियोजन सङ्घले आफ्नो ६५औँ स्थापना दिवस विविध कार्यक्रम आयोजना गरी मनाउँदैछ।

यौन तथा प्रजनन स्वास्थ्य र यौनिकता शिक्षामा अग्रसरता लिँदै परिवार नियोजन संघ

यौन तथा प्रजनन स्वास्थ्य तथा परिवार योजना सेवा प्रदायक अगुवा संस्था नेपाल परिवार नियोजन सङ्घले आफ्नो ६५औँ स्थापना दिवस विविध कार्यक्रम आयोजना गरी मनाउँदैछ।

सोलुखुम्बुका एक हजार परिवार बिजुलीविहीन

साेलुखुम्बु – सोलुखुम्बुका एक हजार एक सयभन्दा बढी परिवार अन्धकारमा बस्न बाध्य छन् । जिल्लाको महाकुलुङ गाउँपालिका र सोताङ गाउँपालिका क्षेत्रका बासिन्दा पाँच दिनदेखि अन्धकारमा रात कटाउन बाध्य छन् । महाकुलुङ गाउँपालिका–५ चाचालुङस्थित बुदुमखोला लघुजलविद्युत् आयोजनाको मेसिनमा खराबी आएसँगै सो क्षेत्र बिजुलीविहीन छ । महाकुलुङको वडा नं ४ र ५ तथा सोताङ गाउँपालिकाको ५ नाम्लुङ क्षेत्रमा बुदुमखोला लघुजलविद्युत् आयोजनाबाट विद्युत् सेवा उपलब्ध हुँदै आएको थियो । एक सय किलोवाट क्षमताको त्याे योजना अवरुद्ध भएसँगै ...

सोलुखुम्बुका एक हजार परिवार बिजुलीविहीन

सोलुखुम्बुका एक हजार एक सयभन्दा बढी परिवार अन्धकारमा बस्न बाध्य छन् । जिल्लाको महाकुलुङ गाउँपालिका र सोताङ गाउँपालिका क्षेत्रका बासिन्दा पाँच दिनदेखि अन्धकारमा रात कटाउन बाध्य छन् ।महाकुलुङ गाउँपालिका–५ चाचालुङस्थित बुदुमखोला लघुजलविद्युत् आयोजनाको मेसिनमा खराबी आएसँगै सो क्षेत्र बिजुलीविहीन छ । महाकुलुङको वडा नं ४ र ५ तथा सोताङ गाउँपालिकाको ५ नाम्लुङ क्षेत्रमा बुदुमखोला लघुजलविद्युत् आयोजनाबाट विद्युत् सेवा उपलब्ध हुँदै आएको थियो । एक सय किलोवाट क्षमताको उक्त योजना अवरुद्ध भएसँगै सो क्षेत

योजना छनोटप्रति मन्त्री नै असन्तुष्ट

काठमाडौं । वार्षिक बजेटमा आउने सरकारी योजना छनोटप्रति मन्त्री नै असन्तुष्ट रहेको पाइएको छ । संघीय सरकारका प्राथमिकताका भनिएका आयोजनाहरू पहुँचवाला व्यक्तिको कब्जामा परेको र उनीहरूले बजेट किताबमा शब्द हालेर छनिरहेको भन्दै शहरी विकासमन्त्री रामकुमारी झाँक्रीले असन्तुष्टि जनाएकी हुन् । ‘संघीय सरकारका प्राथमिकताका आयोजना पहुँचवाला व्यक्तिले बजेट किताबमा शब्द हालेर छानिरहेका छन् । मुलुक कस्तो बनाउने भन्ने सपना राजनीतिक व्यक्तिको हो राजनीतिक व्यक्तिले नै योजनाको छनोट गर्न पाइरहेको अवस्था छैन,’ बिहीवार विकास तथा प्रविधि समितिको बैठकमा बोल्दै मन्त्री झाँक्रीले भनिन् । मन्त्री झाँक्रीका अनुसार योजना छान्दा कस्ता कार्यक्रम छान्ने ? अर्थतन्त्रमा के दिन सकिन्छ भन्ने कुराको विचार नगरी छान्ने गरिएको छ । आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व सम्बन्धी ऐनले निर्दिष्ट गरेका व्यवस्था धेरैले पालना गरेका छैनन् । सयौं परिवार प्लास्टिकको छानामुनि भइरहेको बेला एउटा डाँडामा ५० करोड बढीका भ्यूटावरहरू बनाउन आवश्यक नरहेको भन्दै आधारभूत उपभोगको सेवा सुविधा जनतालाई पु¥याउनु आजको आवश्यकता रहेको उनले बताइन् । मन्त्री झाँक्रीका अनुसार योजना छान्ने कुराको असन्तुलनका लागि संसद्ले लगाम लगाउनुपर्छ । प्रदेश र स्थानीय तहसँग समन्वय हुन नसक्दा आवास पुनर्निर्माण, शहरी विकासका काम हुन नसकेको उनको भनाइ छ । बैठकमा समितिकी सभापति कल्याणीकुमारी खड्काले सरकारी निकायहरूले बजेट निकासा गरी आआप्mनो भवन निर्माण गर्दा वातावरण लगायत विविध क्षेत्रमा नकारात्मक असर परेको र मापदण्डबमोजिम नगरेकाले शहरी विकास मन्त्रालयबाट नै मापदण्ड र गुणस्तरयुक्त भवन निर्माणको व्यवस्था गर्न मन्त्रालयलाई निर्देशन दिइन् । सभापति खड्काका अनुसार परिवर्तित राजनीतिक परिवेशमा नागरिकको विकासप्रतिको तीव्र चाहना सम्बोधन गर्न विभिन्न शीर्षकहरूमा छरिएर रहेका बजेट अभावका कारणले अलपत्र परेका आयोजनाहरू तत्काल पहिचान गरी व्यवस्थित शहरीकरणको अवधारणाअनुरूप नागरिकले अनुभूत गर्ने किसिमको विकासका आयोजनाहरू अघि बढाउन पनि समितिले निर्देशन दिएको छ । सभापति खड्काले शहरी विकास मन्त्रालयले नयाँ शहर मेगा सिटी, स्मल सिटी, मेट्रो सिटी, एकीकृत नमूना बस्तीलगायत सम्बन्धमा अघि बढाइएको कार्ययोजना बारेमा विस्तृत छलफल गर्न समितिका सदस्य एवं कर्मचारीहरूलाई पुस महीनाभित्र सम्पन्न गर्नेगरी आवासीय कार्यशाला गोष्ठी गर्ने पनि बताइन् । विकास तथा प्रविधि समितिले दिएको निर्देशनअनुसार बनाउनुपर्ने विधेयक तत्काल संसद्मा पेश गर्न शहरी विकास मन्त्रालयलाई निर्देशन दिएको छ । समितिको उक्त बैठकले विभिन्न मितिमा दिएको निर्देशनअनुसार बनाउनुपर्ने विधेयकहरू प्रतिनिधिसभाको बैठकमा पेश गर्न निर्देशन दिएको सभापति खड्काले बताइन् ।

एशियन लाइफको नयाँ बीमा योजना

काठमाडौं (अस) । एशियन लाइफ इन्स्योरेन्स कम्पनीले सुनिश्चित आय (परिवार आयलाभ) जीवन बीमा योजना सुरु गरेको छ । कम्पनीका सञ्चालक समिति अध्यक्ष दीपककुमार श्रेष्ठ, सञ्चालक सुरेन्द्रकुमार गोयल, सजल मास्के, निष्ठा प्रधानांग, अच्युतराज सापकोटा, प्रमुख कार्यकारी अधिकृत दिनेशलाल श्रेष्ठ, नायब प्रमुख कार्यकारी अधिकृत होमबहादुर श्रेष्ठ, कामु नायब प्रमुख कार्यकारी अधिकृत मुरारिराज हुमागाईंलगायतको उपस्थितिमा उक्त जीवन बीमा योजना सार्वजनिक गरिएको हो । बीमा योजनाको मुख्य विशेषतामा एक जना अभिभावकको आम्दानीमा निर्भर हुने परिवारको भविष्यमा आइपर्न सक्ने पैसाको खाँचोलाई सहज रूपमा व्यवस्थापन गर्नु रहेको छ । मुनाफामा सरिक नहुने जीवन बीमा योजनामा बीमितले अतिरिक्त बीमा शुल्क भुक्तानी गरेर अतिरिक्त लाभ जस्तै, दुर्घटना मृत्यु लाभ, स्थायी अपांगता, अशक्त सुविधा र बीमा शुल्क छुट सुविधा थप गर्न सकिने व्यवस्था छ । १८ वर्षदेखि ५३ वर्ष उमेरसम्मका व्यक्ति सहभागी हुन सक्ने यो जीवन बीमा योजनाको अवधि २४ वर्षसम्म भए पनि बीमितले सुरुको १२ वर्षसम्म मात्र बीमा शुल्क भुक्तानी गर्नुपर्नेछ । न्यूनतम वार्षिक बीमा शुल्क २५ हजारदेखि माथि बीमितको आर्थिक अवस्थाका आधारमा जतिसुकै रकमको बीमा शुल्क भुक्तानी गरी बीमा गर्न सकिनेछ । हाल कम्पनीको चुक्ता पुँजी २ अर्बभन्दा बढी र जीवन बीमा कोष २६ अर्ब ४८ करोडभन्दा बढी रहेको छ । कम्पनीले हाल ४२ शाखा र १०६ वटा उपशाखामार्फत सेवाग्राहीलाई बीमा सेवा दिँदै आएको छ ।

कोरोनाकालमा परिवार नियोजनका साधन प्रयोगकर्ता बढे

काठमाडौं  आज आठौं राष्ट्रिय परिवार नियोजन दिवस विविध कार्यक्रम गरी मनाइँदैछ । दिवसका लागि यस वर्षको नारा ‘कोभिड–१९ को महामारी परिवार योजना सेवामा सबैको पहुँच बराबरी’ तय गरिएको छ ।  सन् २०१६ सम्ममा नेपालमा परिवार नियोजनका साधनको प्रयोग दर ४२.८ रहेको स्वास्थ्य सेवा कल्याण महाशाखाको तथ्यांक छ । सार्क मुलुकहरुमध्ये नेपाल,...