काठमाडौं : नेपालमा किशोरी उमेरमा हुने प्रजनन दर उच्च रहेको पाइएको छ। परिवार कल्याण महाशाखाले ‘परिवार नियोजन र प्रजनन स्वास्थ्य’ विषयमा आज गरेको अन्तरक्रियामा महाशाखाकी वरिष्ठ कम्युनिटी नर्सिङ प्रशासक कविता अर्यालले नेपालमा किशोरी अवस्था (१५ वर्षदेखि १९ वर्ष) को प्रजनन दर ६३ प्रतिशत रहेको बताएकी छन्।‘नेपालमा किशोरी प्रजनन दर उच्च छ, सन् २०३० सम्म दिगो लक्ष्य हासिल गर्नका लागि प्रजनन दर ३० प्रतिशतमा झार्नु आवश्यक छ,’ उनले भनिन्। उनका अनुसार मधेश प्रदेश र कर्ण