अहिले नै घण्टीसँग एकता गरेर गइहाल्ने भन्ने छैन । हामी निर्माणकै चरणमा छौं । संगठन बनाउने, हाम्रा विचार जनतामाझ लैजाने । जनताको समस्या घच्घच्याइरहन एजेण्टको रूपमा काम गर्छौं । र तल्लो तहसम्म सम्भावना बोकेका साथीहरूलाई स्थापित गर्न आगामी ५ वर्षपछि वैकल्पिक शक्ति बनाउने तयारीमा लाग्छौं ।