पर्वत : पोखरा महानगरपालिकाको प्रमुख पदमा उम्मेदवारी दिएको अटेरी अभियानले प्राप्त गरेको चुनाव चिन्ह ‘लौरो’ खोसिएको छ।मुख्य निर्वाचन अधिकृतको कार्यालयले शनिवार स्वतन्त्र उम्मेदवारहरूलाई चुनाव चिन्ह प्रदान गर्दा अटेरी अभियानका उम्मेदवार गनेश पौडेलले ‘लौरो’ चिन्ह पाएका थिए।तर, चुनाव चिन्ह पाएको केही घण्टामा नै उम्मेदवार पौडेलले सामाजिक सञ्जाल फेसबुकमा स्ट्याटस राख्दै आफूहरूलाई ‘लौरो’ दिन नमिल्ने भनी फोन आएको जानकारी गराएका छन्।उनले अभियानमा संलग्न भएर पोखराका विभि