पोखरा महानगरपालिकामा अटेरी समूहका तर्फबाट मेयर र वडा अध्यक्षका प्रत्यासीलाई चुनाव चिन्ह लौरो प्रदान गरिएको छ । शनिबार निर्वाचन आयोगले पोखरा महानगरपालिकामा अटेरी समूहका तर्फबाट मेयर र वडा अध्यक्षका प्रत्यासीहरुलाई चुनाब चिन्ह लौरो प्रदान गरिएको हो ।अटेरी समूहबाट पोखराको मेयरका प्रत्यासी गणेश पौडेलले अटेरी समूहका वडा अध्यक्षसम्मका उम्मेदवारले लौरो चुनाव चिन्ह प्रदान गरिएको बताए । यसअघि काठमाडौँमा स्वतन्त्र मेयरका उम्मेदवार बालेन शाहले पनि चुनाब चिन्ह लौरो पाएका थिए ।