चार वर्षदेखि संसदमा अड्किएको नागरिकता विधेयक फिर्ता लिएर सरकारले नयाँ विधेयक दर्ता गराएको छ। राज्य व्यवस्था समितिले फिर्ता गरिएको विधेयकमा विदेशी महिलाले नेपाली पुरुषसँग बिहे गरेको सात वर्षपछि मात्र अंगीकृत नागरिकता दिनुपर्ने भन्दै संशोधनसहित पारित गरेर प्रतिनिधिसभा पठाएको थियो।अहिले त्यसलाई खुकुलो गर्दै बिहे गरेलगत्तै विदेशी बुहारीलाई पनि नागरिकता दिन सकिने व्यवस्था गरिएको छ। त्यसैगरी अहिलेको विधेयकमा पहिचानको आधारमा नागरिकता दिने व्यवस्था गायब गरिएको छ भने गैरआवीसीय नेपालीलाई नागरिकता दिन