बेलायतका लागि नेपाली राजदूत ज्ञानचन्द्र आचार्यले बेलायतकी महारानी एलिजाबेथ द्वितीयसमक्ष आफ्नो ओहोदाको प्रमाणपत्र पेश गरेका छन् । बिहीबार बकिङहम प्यालेसमा आयोजित विशेष समारोहबीच आचार्यले महारानीसमक्ष ओहोदाको प्रमाणपत्र पेश गरेका हुन्।कोभिडको जोखिमका कारण भर्चुअल माध्यमबाट आयोजित सो कार्यक्रममा महारानी भने विन्डसोर क्यासलस्थित आफ्नो निवासबाटै सहभागिता जनाएकी थिइन् । आचार्यले बुझाएको ओहोदाको प्रमाणपत्र बुझ्ने क्रममा महारानीले राजदूत आचार्यको कार्यकाल सफलताको शुभकामना दिँदै उनको पालामा ब