बेलायतका लागि नेपाली राजदूत ज्ञानचन्द्र आचार्यले बिहीबार बेलायती महारानीसमक्ष आफ्नो ओहोदाको प्रमाणपत्र बुझाउने भएका छन्। बिहीबार मध्यान्ह सवा १२ बजे बकिङहम प्यालेस पुगेर राजदूतले महारानीलाई ओहोदाको प्रमाणपत्र पेश गर्ने कार्यक्रम रहेको दूतावास स्रोतले जनाएको छ । कोभिड जोखिमका कारण महारानी भने समारोहमा भौतिक रुपमा उपस्थित हुने छैनन् । उनी विन्डसोर क्यासलस्थित निवासबाटै भर्चुअल माध्यमबाट सहभागी हुनेछिन्। […]