बेलायतका लागि २१ औं नेपाली राजदूतका रुपमा कार्यभार सम्हाल्दै आएका लोकदर्शन रेग्मीले बेलायती महारानी एलिजाबेथ द्वितीय समक्ष बुधबार आफ्नो ओहोदाको प्रमाणपत्र पेस गरेका छन् । बुधबार लन्डनको बकिंघम प्यालेसमा आयोजित एक विशेष समारोहबीच राजदूत रेग्मीले ‘भर्चुअल’ माध्यमबाट आफ्नो ओहोदाको प्रमाणपत्र पेश गरेका हुन् । समारोह बकिंघम प्यालेसबाट विन्जर क्यासलमा भिडियो लिंकमार्फत भएको थियो । महारानी एलिजाबेथ हाल विन्जर क्यासलमा बस्दै आएकी छन् ।उक्त समारोहमा रेग्मीले महारानीसमक्ष नेप