काठमाडौँ– बेलायतका लागि नेपाली राजदूत ज्ञानचन्द्र आचार्यले बेलायती महारानीसमक्ष ओहोदाको प्रमाणपत्र पेस गरेका छन् । नवनियुक्त राजदूत आचार्यले बिहीबार महारानी एलिजाबेथ द्वितीयसमक्ष ओहोदाको प्रमाणपत्र प्रस्तुत गरेका हुन् । भर्चुअल रूपमा गरिएको कार्यक्रममा राजदूत आचार्यले बकिङहम प्यालेस पुगेर महारानीलाई ओहोदाको प्रमाणपत्र पेस गरेका थिए । राजदूत आचार्यले फेब्रुअरी २३ मा पदबहाली गरेका हुन् ।